arrow

फ्रान्सबाट लडाकु विमान किन्दै भारत

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २६ मंगलबार
rafale-jet.jpg

काठमाडौं ।  भारतले फ्रान्सबाट २६ वटा राफेल लडाकु विमान किन्ने भएको छ । भारतले राफेल लडाकु विमानसहित तीन स्कोर्पेन पनडुब्बी खरिद गर्ने भएको छ । 

रक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार लडाकु विमान र पनडुब्बी खरिदको घोषणा यसै साता हुने प्रधानमन्त्री नरेन्द्र मोदीको फ्रान्स भ्रमणको क्रममा हुने सम्भावना छ । 

देशले सामना गर्नुपरेका सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै भारतीय नौसेनाले विमान र पनडुब्बी खरिदका निम्ति सरकारलाई निरन्तर दबाब दिँदै आएको थियो । 

विमान र पनडुब्बी खरिदका निम्ति रु ९० हजार करोड भन्दा बढी लाग्ने अनुमान गरिएको भए पनि फ्रान्ससँगको खरिद सम्झौता वार्ता निष्कर्षमा नपुगेकाले लागत यकिन भएको छैन । 

भारतले सम्झौतामा मूल्य सहुलियत खोज्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ