शिवको प्रिय दिनमा दुई पटक अमृत बेला, राशिफल कस्तो होला ?
हाम्रा कुरा
प्रकाशित २०८० असार २५ सोमबार
843
Shares
आजको पञ्चाङ्ग
मिति २०८० असार २५ गते सोमबार, इस्वीसंवत जुलाइ १० तारिक सन् २०२३, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४३, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार शुद्धश्रावणकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज शुद्धश्रावणकृष्णपक्षको अष्टमी तिथि रातिमा ११ः२१ बजेसम्म त्यसपछि नवमी तिथि लाग्नेछ । नक्षत्रमा रेवति रातिमा १२ः०३ बजेसम्म त्यसपछि अश्विनी नक्षत्र अहोरात्र रहनेछ । विष्कुम्भादि योगमा अतिगण्ड ३२ घटि १४ पलासम्म त्यसपछि सुकर्म योग लाग्नेछ । करणमा बालब अहोरात्र रहनेछ । आनन्दादि योगमा मातंग रहनेछ ।
सूर्य मिथुन राशिमा, चन्द्रमा मीन राशिमा अहोरात्र रहनेछ । आज दिनमान ३४ घटि २१ पला अर्थात १३ घण्टा ४७ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ०५ः१६ बजे मित्र मुहूर्तमा भइसकेको छ भने सूर्यास्त साँझ ठीक ०७ः०१ बजे हुनेछ । यस्तै, चन्द्रउदय रातिमा १२ः०० बजे हुनेछ भने चन्द्रअस्त भोलि दिनमा १२ः२२ बजे हुनेछ ।
आजको राशिफल
मेष : आजको दिन अनपेक्षित रुपमा विभिन्न खालका अपजसको सामना गर्नुपर्ने हुन सक्छ । एकाएक खर्चको वृद्धि हुने र गर्जोटार्न धौधौ पर्ने तथा नहुने काममा बढी मन जाने हुन सक्नेछ । अगाडि सारिएको काममा बाधा बिघ्नता आउनेछ । संघर्ष एवम् अधिक परिश्रमले अपेक्षा गरिएको क्षेत्रमा केही लाभ हुन सक्नेछ भने खासै योजनाभित्र नपारिएको काम बनेर आकस्मिक लाभ हुन सक्नेछ । साथ सहयोग पनि मिल्नेछ । मठमन्दिरको दर्शन, तीर्थको यात्रा एवम् मान्यजनलाई भेट्घाट गर्ने आदिमा खर्चको सदुपयोग गर्नाले प्रतिकूल ग्रहफल कमगर्न मद्दत हुनेछ । आज देवी भुवनेश्वरीको दर्शन भक्ति गर्नु उत्तम हुनेछ ।
वृष : आजको दिन आयकर ग्रहगोचर परेको छ । कसैकसैलाई परिश्रमविनाको धर्नाजर्नतर्फ पनि मन आकर्षित हुन सक्नेछ । आफ्नै व्यक्तिले नैतिकतामा प्रश्न चिह्न लगाउन सक्ने छ, ख्याल गर्नुहोला । सामान्यतया पुरुषार्थ वृद्धि हुने, प्रशंसा मिल्ने र सहयोग प्राप्ति हुनाले चित्त शान्ति हुनेछ । व्यवसायिक व्यस्तता र प्रगति एवम् उन्नति हुनेछ । विद्यार्थीहरु परीक्षामा उत्तीर्ण भइने र हौसला मिल्ने छ । यात्रा हुन सक्ने सम्भावना पनि छ । नयाँ व्यक्तिसँग सुमधुर सम्बन्ध स्थापित हुनेछ । आज दुई अंक, सेतो रङ्ग तथा दीनदुःखीको सेवा फापकर हुनेछ ।
मिथुन : आजको दिन आत्मबल बढाउन र समयको सदुपयोग गर्न सकेको खण्डमा केही राम्रो अवसर प्राप्त हुन सक्ने देखिएको छ । धेरै हौसिन भने नहुने समय छ । बढी हौसिदा बन्नपर्ने काम नबन्न पनि सक्नेछ । सामान्यतया मानसम्मान बढ्ने तथा पद प्रतिष्ठा प्राप्ति हुन सक्ने ग्रहगोचर परेकोले राजनीति, समाजसेवा वा नोकरी आदिमा जिम्मेवारी थपिन सक्ने लक्षण छ । व्यापार व्यवसायबाट ठिकै लाभ गर्न सकिने छ भने उच्च आहोदाका व्यक्तित्वसँग भेटघाट हुन सकिने र आड भरोषाजन्य आश्वासन मिल्न सक्ने छ । आज एक अंक, रातो रङ्ग शुभ रहने छ भने विद्वान एवं मान्यजनबाट आशिर्वाद लिनु उचित देखिन्छ ।
कर्कट : आजको दिन सात्विक विचार र आस्था बढ्नाले धार्मिक कार्य सम्पादन गर्न सहज हुनेछ । स्वजनसँगको भेटघाट र योजना आदिको बारेमा संवाद हुन सक्नेछ । केही अवरोधको वावजुद व्यापार व्यवसाय एवं उद्यमजन्य पेशागत कार्यमा सफलता मिल्ने छ । अनुकूलतापूर्ण वातावरण सृजना हुनाले साहस उमङ्ग र कार्यमा रुचि पनि बढेर आउने छ । सम्मानित रुपको निमन्त्रणा मिल्ने तथा औपचारिक कार्यक्रम आदिमा सरिक हुन पाइने छ । ईज्जत प्रतिष्ठा एवम् कान्ति बढ्नेछ । बढी ईच्छ्याएको काममा आउने बाधा ब्याबधान हटाउन भैरवदेवको दर्शनभक्ति गर्नु उपयुक्त हुनेछ ।
सिंह : आजको दिन केही संघर्ष गर्न पर्ने खालको देखिएको छ । स्वास्थ्यमा समस्या आउन सक्ने ग्रहगोचर रहेकोले आहार विहारमा ख्याल पुर्याउनु पर्नेछ । शत्रुपक्ष सक्रिय हुन सक्ने र कार्यक्षेत्रमा पनि केही अवरोधको सामना गर्नुपर्ने हुनसक्छ । तथापि हतोत्साही चाहीँ भइहाल्न पर्दैन । सकारात्मक सोँचको विकास गरी धैर्य र संयमको अभ्यास गर्नु उपयुक्त हुनेछ । नचिताएको तर्फबाट आकस्मिकरुपमा केही भौतिक उपलब्धि हुन सक्नेछ भने सावधानीपूर्वक गरिने कार्यबाट केही लाभ पनि हुनेछ । आठ अंक, रातो रङ्ग शुभ रहनेछ भने बाधा बिघ्न निवारणका लागि कन्या कुमारीलाई सेतो वा रातो पदार्थ दान दिनु उपयुक्त हुनेछ ।
कन्या : आजको दिन भौतिक सुखकर रहनेछ । जीवन साथीको वा विपरित लिङ्गीको सहयोग मिल्ने र प्रेम सम्बन्धमा सुधार आउनेछ । उपलब्धिकर यात्रा हुनसक्ने तथा सहयोगी स्वजनहरुसँग भेट्घाट हुन पाइने छ । व्यापार व्यवसाय आदिबाट हैसियत अनुसारको लाभ मिल्ने देखिन्छ । सामाजिक प्रतिष्ठा बढ्ने एवं कार्यक्रम आदिमा सरिक हुन पाइनेछ । विवाह योग्य युवायुवतीको लागि वैवाहिक कुरा चल्न सक्ने छ । सात अंक, सेतो रङ्गको प्रयोग आज तपाईँको लागि शुभ रहने छ भने विपरित लिङ्गीको सेवा गर्नु वा सेतो रङ्गको वस्तु दान दिनु उचित हुनेछ ।
तुला : आजको दिन पुरुषार्थ बढ्ने कार्य क्षेत्रमा आएको अड्चन हटाउन प्रयत्न हुनेछ भने विपक्षीका उपर प्रतिकार गर्ने योजना पनि बन्नेछ । तर ग्रहले त्यति धेरै बल दिइसकेको छैन । जसको कारणले आँट आएपनि काम फत्ते गर्न अल्लि गार्हो पर्नेछ । ससाना काम एवं व्यवसायमा उन्नति हुने र आम्दानी बढ्न सक्ने छ । शारीरिक आरोग्यता बढ्ने, अनुहारमा कान्ति वृद्धि हुनेछ । आज छ अङ्क, हरियो रङ्गको प्रयोग र बढी आँट गरेको काममा सफलता प्राप्त गर्न गुरु वा विद्वान मान्यजनको वा गाईको सेवा गर्नु उपयुक्त हुनेछ ।
वृश्चिक : आजको दिन आत्मप्रशंसाको आसक्ति बढेर जाने गोचर परेको छ । महत्वाकांक्षी मनोविज्ञानको व्यवहार देखाउनाले व्यक्तित्वमा ह्रास आउन सक्ने छ । भएर पनि नभएजस्तो अर्थात सह नहरहेजस्तो पर्नसक्ने छ । अलि बढी जोड गरिएको काममा अदृश्य रोकावट आउन सक्नेछ । आज बोलीवचनको व्यवहारमा पनि संयम अपनाउनु उचित हुनेछ । अर्काको चियोचर्चोमा समय दिँदा आफ्नो कार्य अधुरो रहन सक्ने कुरालाई नकार्न सकिन्न । पाँच अङ्क, रातो एवं सेतो रङ्गको उपयोग र भगवान भैरवदेवको दर्शन भक्ति गर्नाले दुःख कम गरी सुख वृद्धि हुनेछ ।
धनु : आजको दिन कार्यक्षेत्रमा केही अड्चनको सामना गर्न पर्नसक्ने छ । अल्मल्याउने र अवरोध गर्ने तथा ईश्या गर्नेहरु बढ्ने छन् । आज शुभेच्छुक एवं सहयोगीको कमि महसूस हुनेछ । आफ्नै विचारमा पनि संकीर्णता आइदिनाले मानसिक द्वन्दको शिकार भइन सक्नेछ । सल्लाह गर्न बस्ने तर झगडा गरेर उठ्ने जस्तो पर्न सक्ने सम्भावना भएकोले बैठक आदिमा नयाँ विषयमा चर्चा गर्दा संयम हुनु बुद्धिमानी हुनेछ । मनलाई सकारात्मक तरिकाले सम्हाल्ने र स्वकार्यमा प्रयत्नशील रहनाले संघर्षबाट केही लाभ भने गर्न सकिएला । माँ सन्तोषीको श्रद्धाभक्तिको साथमा आमा समानकी मातृशक्तिको आशिर्वाद आज तपाईका लागि उपयुक्त हुनेछ ।
मकर : आजको दिन हिम्मतिलो र सक्रिय भूमिका हुँदाहुँदै पनि मुख्य काममा अपेक्षा गरेबमोजिम फल नपाइने हो कि भन्ने शङ्का देखिएको छ । तथापि ठूलो परिणाममा नभए पनि केही उपलब्धि भने हुनेछ । आज गर्नै खोजेको कार्यलाई मान्यजनको अनुमति नमिल्न पनि सक्ने कुरालाई नकार्न सकिन्न । दिन उत्साह–उमङ्गिलो दिन मान्न सकिन्छ । स्वजनबाट सहयोग मिल्ने र प्रतिस्पर्धामा विजय भइनेछ । सामान्यतया आकस्मिक लाभ एवं प्रख्याति मिल्नेछ । आज गुरुजनको आशिर्वाद लिनु वा उहाँहरुलाई खुशी बनाउनुले मुख्य काममा आउने अवरोध निवारणको लागि मद्धत गर्नेछ ।
कुम्भ : आजको दिन आर्थिक धन सञ्चय हुने ग्रहगोचर परेको हुनाले व्यवसायिक क्षेत्रबाट राम्रो धन लाभ गर्न सकिने छ । कसैकसैलाई पेशा इतरको क्षेत्रबाट पनि अर्थलाभ हुन सक्ने छ भने गुप्तधन प्राप्ति हुन सक्ने सम्भावना पनि देखिन्छ । यथोचित उपलब्धि हुनाले काममा हर्ष उल्लास एवम् उत्साह बढ्ने छ । वाणीको ओज बढ्ने हुनाले बोली वचनले मान्छेहरुलाई प्रभाव पार्न पनि सकिनेछ । परोपकार एवम् समाज सेवाका काम कार्यमा पनि सरिक हुने तथा भूमिका निर्वाह गर्ने मौका मिल्न सक्नेछ । आज दुई अंक, सेतो रङ्ग उपयोगी हुनेछ भने सन्तोषीमाँको सेवा आराधना पूण्यप्रद हुनेछ ।
मीन : आजको दिन शारीरिक आकर्षण एवम् मानप्रतिष्ठा बढ्नेछ भने मिठो खानेकुरा प्राप्ति हुन सक्नेछ । व्यवसायबाट धनलाभ हुने एवं भौतिक सुख र आफन्तजनबाट प्रशंसा पनि प्राप्ति हुन सक्ने देखिन्छ । अभिष्टकार्यमा सफलता मिल्नसक्ने गोचर रहेको छ, ईच्छित कार्य पूर्णताको लागि दृढताको साथमा अगाडि बढ्न सकिनेछ । कार्यक्षेत्रमा तथा सामाजिक जिम्मेवारी थपिन सक्ने छ । मनोरञ्जनात्मक कार्यक्रम आदिमा पनि सरिक हुन पाइन सक्नेछ । नयाँ लगानीको प्रस्ताव आउन सक्ने सम्भावना पनि देखिन्छ । आज पितृको नाममा गरीब दीनदुःखीहरुलाई भोजन खुवाउनु वा दान दिनु विशेष शुभकर हुनेछ ।
साइतः सूर्य मिथुन राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । त्यसैले पश्चिम र उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व दिशाको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला
बिहान ०५ः१३ बजेदेखि ०६ः५७ बजेसम्म अमृत बेला
बिहान ०६ः५७ बजेदेखि ०८ः४१ बजेसम्म काल बेला
बिहान ०८ः४१ बजेदेखि १०ः२४ बजेसम्म शुभ बेला
बिहान १०ः२४ बजेदेखि १२ः०८ बजेसम्म रोग बेला
दिनमा १२ः०८ बजेदेखि १ः५२ बजेसम्म उद्धेग बेला
दिनमा १ः५२ बजेदेखि ३ः३५ बजेसम्म चर बेला
दिनमा ३ः३५ बजेदेखि ५ः१९ बजेसम्म लाभ बेला
साँझ ५ः१९ बजेदेखि ७ः०३ बजेसम्म अमृत बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय : बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।