सूर्यदेवको प्रिय दिनमा काल र अमृत बेला, राशिफल कस्तो होला ?
हाम्रा कुरा
प्रकाशित २०८० असार २४ आइतबार
1.1k
Shares
आजको पञ्चाङ्ग
मिति २०८० असार २४ गते आइतबार, इस्वीसंवत जुलाइ ९ तारिक सन् २०२३, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४३, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार शुद्धश्रावणकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज शुद्धश्रावणकृष्णपक्षको सप्तमी तिथि रातिमा १ः१० बजेसम्म त्यसपछि अष्टमी तिथि लाग्नेछ । नक्षत्रमा उत्तरभाद्रपदा अहोरात्र रहनेछ । विष्कुम्भादि योगमा शोभन ३८ घटि ३७ पलासम्म त्यसपछि अतिगण्ड योग लाग्नेछ । करणमा भद्रा अहोरात्र रहनेछ । आनन्दादि योगमा स्थिर रहनेछ ।
सूर्य मिथुन राशिमा, चन्द्रमा मीन राशिमा अहोरात्र रहनेछ । आज दिनमान ३४ घटि २३ पला अर्थात १३ घण्टा ४८ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ०५ः१५ बजे रुद्र मुहूर्तमा भइसकेको छ भने सूर्यास्त साँझ ठीक ०७ः०१ बजे हुनेछ । यस्तै, चन्द्रउदय रातिमा ११ः३७ बजे हुनेछ भने चन्द्रअस्त भोलि बिहानमा ११ः२१ बजे हुनेछ । आज रवि सप्तमी व्रत गर्ने दिन रहेको छ ।
आजको राशिफल
मेष : आज पनि समय खराब छ । सरकारी कर्मचारीका लागि समस्या आउन सक्छ । ईष्टमित्रसँग विवाद, व्यवसायमा सोचेभन्दा बढी लगानी तर प्रतिफल सोचेजस्तो नदेखिने देखिन्छ । स्वास्थ्यमा पनि गडबढी हुनसक्ने सम्भावना बलियो छ । समय खराब चलिरहेकाले आज र भोलि विशेष सतर्क हुनुहोला । यात्राको त्यसमाथि पनि उत्तर दिशाको यात्रा गर्नु ठीक छैन ।
वृष : आज र भोलि समय शुभ रहनेछ, मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र कुखुरा पालनबाट उचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् । समय शुभ रहेकाले सही उपयोग गरेमा लाभ मिल्नेछ । सामाजिक क्षेत्रबाट सम्मान पाइने योग समेत देखिन्छ । वैदेशिक क्षेत्रबाट धन प्राप्त हुनेछ ।
मिथुन : आज समय मध्यम खालको छ । स्वास्थ्यमा यसअघि समस्या थिए भने सुधार आउने छ । सामाजिक संघ÷संस्था, चित्रकला, साहित्य, सङ्गीत, पत्रकारिता एवम् होटल व्यवसाय लगायतका पेशा व्यवसायबाट आर्थिक लाभ, तपार्इं भाडाको गाडी चालक हुनुहुन्छ भने आज निश्चित रूपमा फाइदामा रहनु हुनेछ । धार्मिक यात्रा फलदायी रहने ज्योतिष वैज्ञानिक दृष्टकोणमा देखिन्छ ।
कर्कट : आज र भोलि समय खराब रहनेछ । स्वास्थ्यको सम्बन्धमा भरपर्ने खालको रहने छैन । कुनै पनि व्यक्तिसँग विवाद र अनावश्यक झमेला पर्नसक्ने छ । जताबाट पनि हानी नोक्सानी मात्रैको भएकोले सकेसम्म यात्रा नगर्नु वेश हुनेछ । धन खर्च हुने काममा विचार पुर्याउनुहोला । भ्रमण यात्रा गर्दै हुनुहुन्छ भने विचार गर्नुहोला । किनकि समय खराब छ ।
सिंह : आज समय शुभ छैन । आफ्नै व्यक्तिसँग कुरा नमिल्ने, मन चञ्चल रहन सक्नेछ । कार्यक्रममा असफलता, कम्मर दुख्ने रोग, पेटमा गडबढी हुन सक्नेछ खानपानमा विशेष ध्यान पुर्याउनुहोला । चिसो, शूल–वायूको सम्भावना, गर्न खोजेको कार्यमा अवरोध, अनावश्यक चिन्ता बढ्दै जानेछ ।
कन्या : आज पनि समय राम्रै छ । टाढा नगद प्राप्त हुनेछ । नवीन कार्यको थालनी गर्दा राम्रो, शारीरिक अवस्था पनि राम्रा हुनेछन् । आफ्नो व्यवसायबाट सोचे अनुसारकै लाभ मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्ने, पठनपाठन फलदायक रहनेछ । समग्रमा समय शुभ रहनेछ । भरपूर फाइदा उठाउनुहोला । सामाजिक क्षेत्रबाट सम्मान मिल्ने योग पनि छ ।
तुला : आज आत्मवल, आत्मविश्वास एवं पराक्रम बढ्नुका साथै अधुरा कार्य बन्ने योग छ । नयाँ कार्य गर्ने अवसर मिल्नेछन् । उच्च मनोवल भएका व्यक्तिसँग सम्पर्क बढ्ने । वादविवाद तथा कुनै प्रतिस्पर्धात्मकमा तपाइँको जीत अवश्य हुनेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । आकर्षक शक्ति वृद्धि हुनुका साथै सहयोग गर्नेहरुको उदय हुनेछ ।
वृश्चिक : आज विश्वासिला आफन्तबाट धोका हुनेछ । मनमा डर त्रास उब्जनेछ । गर्नुपर्ने कर्तव्यमा भन्दा मनस्थिति बाहिर जानेछ । धन एवं कर्तव्यको हानी हुनेछ । अत्यधिक चिसोका कारण स्वास्थ्यमा समस्या आउन सक्छ । खानपान तथा टाढाको यात्रामा विशेष ख्याल पुर्याउनुपर्ने देखिन्छ । समग्रमा समय खराब छन्, यात्रा तथा लेनदेनमा सावधान हुन आवश्यक देखिन्छ ।
धनु : आज समय खराब छ । पेटको खरावी बढ्नेछ । परिवारमा मतभेद, वादविवाद पर्ने, कार्यमा विलम्बता हुनेछ । लेनदेन, जग्गाको विवाद उत्कर्षमा पुग्नेछ, पशु चौपाय तथा कृषि सम्बन्धी कार्यबाट हानी, आत्मीयजनबाट विश्वासघात इत्यादि हुन सक्नेछन् । आज दक्षिण दिशाको यात्रा घातक हुन सक्ने, सकभर यात्रा नै नगर्नुहोला
मकर : आज स्वास्थ्य राम्रो रहनेछ । धन प्राप्तिका नयाँ स्रोत पत्ता लाग्ने, नाम र कृति बढ्ने काममा लगानी हुने, घरमा नयाँ चहलपहल र मुद्दा मामिला कुनै भए तपाईंको जीत हुन सक्छ । नयाँ पुराना सबै मित्रसँग भेट हुन पाइने मौका रहनेछ । तीर्थ यात्रा तथा लेनदेन समेत फलदायी हुनेछ । टाढाबाट धन प्राप्ति हुनाले मानसिक प्रशन्नता बढ्नेछ ।
कुम्भ : आज नित्य कार्यबाट बञ्चित हुनुपर्ने छ । आज अत्यन्तै विश्वास गरिएका व्यक्तिबाट धोका हुनेछ । मनमा डर त्रास उब्जनेछ । गर्नुपर्ने कर्तव्यमा भन्दा मनस्थिति बाहिर जानेछ । धन एवं समयको नोक्सान हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । काममा सतर्क हुनुहोला । धार्मिक बाहेक अन्य काममा धन लगानी नगर्नुहोला ।
मीन : आज धेरैजसो समय सुखमय देखिन्छ । भाग्यस्थानको चन्द्रमाको सकारात्मक प्रभावका कारण सानै प्रयासले पनि महत्वपूर्ण काममा सफलता मिल्नेछ । पुराना काम कार्यवाही सम्पादन हुनेछन् । नयाँ काम पाउने सम्भावना रहेको छ । जोश, जाँगर, बढ्नुका साथै भाग्यले पनि साथ दिनेछ । धन आर्जनका साथै यात्राको अवसर मिल्नेछ । समय सबै प्रकारले शुभ रहेकाले भरपूर उपयोग गर्नुहोला ।
साइत : सूर्य मिथुन राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । त्यसैले उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम दिशाको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला
बिहान ०५ः१३ बजेदेखि ०६ः५७ बजेसम्म उद्धेग बेला
बिहान ०६ः५७ बजेदेखि ०८ः४१ बजेसम्म चर बेला
बिहान ०८ः४१ बजेदेखि १०ः२४ बजेसम्म लाभ बेला
बिहान १०ः२४ बजेदेखि १२ः०८ बजेसम्म अमृत बेला
दिनमा १२ः०८ बजेदेखि १ः५२ बजेसम्म काल बेला
दिनमा १ः५२ बजेदेखि ३ः३५ बजेसम्म शुभ बेला
दिनमा ३ः३५ बजेदेखि ५ः१९ बजेसम्म रोग बेला
साँझ ५ः१९ बजेदेखि ७ः०३ बजेसम्म उद्धेग बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय : दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।)