arrow

छपन्न वर्षको उमेरमा बिकिनी फोटोसुट

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २३ शनिबार
salma-hayak-bikini-2023.jpg

काठमाडौँ । हलिउडकी चर्चित अभिनेत्री सलमा हायकले राष्ट्रिय बिकिनी दिवसको अवसरमा सामाजिक सञ्जालमा आफ्नो निकै बोल्ड तस्बिर शेयर गरेकी छिन् । जसलाई देखेर फ्यानहरुको होश नै हरायो ।
 
सलमा हायकले आफ्नो इन्स्टाग्राम अकाउन्टमा यो बिकिनी फोटो सेयर गरेकी छिन् । जसमा उनी ५६ वर्षको उमेरमा बिकिनी लगाएर निकै सेक्सी देखिएकी छिन् ।
 
यो बोल्ड बिकिनी तस्बिर सेयर गर्दै उनले लेखेकी छिन् ‘ह्याप्पी नेशनल बिकिनी दिवस । तपाईलाई बिकिनी ७७ वर्ष पहिले आएको थियो भन्ने विश्वास गर्नुहुनेछ।’
 
यो पहिलो पटक नभएपनि यसअघि पनि धेरै पटक बिकिनी लुकमा अभिनेत्रीले फ्यानको मन जितिसकेकी छिन् ।

यी बिकिनी तस्विरहरूमा, अभिनेत्रीले बिना कुनै हिचकिचाहट आफ्नो परफेक्ट फिगर देखाउँछिन्। यो उमेरमा उनलाई यति फिट देखेर फ्यानहरुले उनको तारिफ पनि गरिरहेका छन् ।

वर्कफ्रन्टको कुरा गर्ने हो भने, अभिनेत्री अन्तिम पटक फिल्म ‘म्याजिक माइकज लास्ट डान्स’ मा देखिएकी थिइन् ।

अभिनयका अलावा सलमाले सामाजिक सञ्जालमा पनि आफ्नो सुन्दरताको चर्चा गरिरहेकी छिन् । जहाँ उनलाई २५ करोडभन्दा बढी मानिसले फलो गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ