arrow

डिशहोम टीभी अब सिधै मोबाइलमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २२ शुक्रबार
dishhome-go-2080-03-22.jpg

काठमाडौँ । डिशहोमले अब मोबाइलमा नै टेलिभिजन हेर्न मिल्ने गरी मोबाइल एप ‘डिशहोम गो सञ्चालन गरिरहेको छ । हाल सेट टप वक्समा मात्र सीमित टीभी च्यानलहरुलाई ओटीटी प्रविधिमार्फत कम्पनीले मोबाइल डिभाइसमा उपलव्ध गराएको हो । 

१५० भन्दा बढी लाइभ टीभी च्यानलहरु यो एपमा हेर्न सकिने डिशहोमले जनाएको छ । सात दिनसम्मको क्याचअप सुविधा रहेको यो एपमा टीभीमा प्रशारण भएका कन्टेन्टहरु हेर्न छुटेमा सात दिन अगाडिसम्मको कन्टेन्ट फेरि हेर्न सकिन्छ । 

डिशहोमले आफ्ना ग्राहकहरुलाई मात्र उपलब्ध गराइरहेको डिशहोम गो मोबाइल एप हाल सम्पूर्ण प्रयोगकर्ता लाई निःशुल्क उपलब्ध गराएको छ । 

‘डिशहोम गो’ एपमा लाइभ टीभीसँगै स्वदेशी तथा विदेशी चलचित्र, नेपाली भाषामा नागिन, आनन्दी, भाग्य सिन्दूरको जस्ता चर्चित सिरिज, नेपाली सिरिज, कार्टुन र अन्य थुप्रै कन्टेन्टहरु हेर्न सकिने पनि डिशहोमले जनाएको छ । 

ग्राहकहरुलाई थप मनोरञ्जन प्रदान गर्नका लागि कम्पनीले नयाँ नेपाली सिनेमा, सिरिज तथा अन्य कन्टेन्टहरु पनि थप्दै जाने योजना बनाइरहेको जनाएको छ ।

यो एप गुगल प्ले स्टोर वा एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ