arrow

विशेष अतिथि बनेर मोदी फ्रान्स जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २० बुधबार
modi-macron-meet-2022.jpg

पेरिस । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही असार २९ गते फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा राजधानी पेरिसमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने भएका छन् । 

समारोहमा प्रधानमन्त्री मोदीले विशेष अतिथिका रूपमा भागलिने पेरिसस्थित भारतीय राजदूतावासले जनाएको छ । 

भारतका तीनवटा राफेल लडाकु विमान पनि सोही अवसरमा आयोजना हुने सैन्य परेडमा सहभागी हुने छन् ।

 बास्टिल डेका अवसरमा पेरिसको च्याम्प्स एलिसेसमा आयोजना हुने फ्लाइपास्टमा भाग लिन तीन वटा विमान पनि पेरिस आउने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

राफेल लडाकु विमान अन्य फ्रान्सेली विमानसँगै परेडमा उड्नेछन् । यसअघि एङ्ग्लो-फ्रान्सेली जगुआर लडाकु विमान परेडमा सामेल भएका थिए ।

प्रधानमन्त्री मोदीको यो भ्रमण फ्रान्स र भारतबीचको रणनीतिक साझेदारीको २५औँ  वार्षिकोत्सवका बेला हुन लागेको हो । भारतले अन्तिम पटक सन् २००९ मा परेडमा भाग लिएको थियो । त्यसबेला प्रधानमन्त्री मनमोहन सिंह भारतीय सैन्य दलसँगै सहभागी भएका थिए।

प्रधानमन्त्री मोदीको भ्रमणबाट भारत-फ्रान्स रणनीतिक, सांस्कृतिक, वैज्ञानिक, शैक्षिक र आर्थिक सहयोगका लागि नयाँ एवम् महत्वाकाङ्क्षी लक्ष्य निर्धारण गरेर द्विvvदेशीय रणनीतिक साझेदारी अर्को चरणमा प्रवेश गर्ने अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख  छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ