arrow

आज हावाहुरी चट्याङसहित भारी वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २० बुधबार
weather-evergreen-rain.jpg

काठमाडौं । आज हावाहुरी, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै  र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

साथै मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन-चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।  

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ