arrow

छिमेकमा शेयर बजार अहिलेसम्मकै उच्च, नेपालमा समस्या

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १९ मंगलबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । छिमेकी मुलुक भारतमा शेयर बजारले अहिलेसम्मकै कीर्तिमान बनाएको छ । मंगलबार लगातार तेस्रो कारोबारको दिन भारतमा शेयर बजार अहिलेसम्मकै उचाइमा पुगेको हो । 

भारतको बम्बे स्टक एक्सचेञ्जको सूचक सेन्सेक्स मंगलबार ६५ हजार ५८६  मा पुगेको छ । निफ्टीले पनि १९ हजार ४१३ छोएको छ । मंगलबारको भारतीय शेयर बजारको इतिहासमै यी दुई अंकहरु कीर्तिमानी हुन् । 

पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिमा कम्पनीहरुलाई भारतमा आकर्षित गर्न खोजिरहेका छन् । उनको हालैको अमेरिका भ्रमणमा पनि यस्ता प्रयासहरु भएका थिए । 

नेपालको अर्को छिमेकी पाकिस्तानमा पनि सोमबार प्रमुख शेयर बजार सूचकले कीर्तिमानी फड्को मारेको थियो । सोमबार एकै दिन २४ सय ४२ अंक बढेर त्यहाँको शेयर सूचक ४३ हजार ८ सय ९५ अंकमा पुगेको छ । 

एकै दिनमा भएको यो बृद्धि पाकिस्तानी शेयर बजारको इतिहासकै सबैभन्दा उच्च हो । प्रतिशतका हिसाबले पनि यो वृद्धि १५ वर्ष (सन् २००८ जुन २४) यताकै उच्च हो ।

यही बेलामा नेपाली शेयर बजार भने ओरालो यात्रामा देखिएको छ । पछिल्ला तीन दिनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १११ अंक घटेको छ । 

विशेषगरी सबैजसो कम्पनीले बोनस खुवाउने बेला भएकाले पनि अहिले धेरैथोरै शेयर बजार बढ्ने अनुमान थियो । त्योअनुसार गत दुई साता शेयर बढेको पनि हो । 

तर अचानक गत आइतबार र सोमबार त दोहोरो अंकले गिरावट आएको छ । 

नेप्सेको भविष्य अन्योलमा, बढ्ने या घट्ने कारण के हुन सक्ला ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ