arrow

रक्षात्मक भएर बाँच्ने कोसिसमा निजी क्षेत्र – सीएनआई अध्यक्ष अग्रवाल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १८ सोमबार
rajeshkumar-agrawal-cni-president.jpg

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले राष्ट्र बैंकको मौद्रिक नीतिले मूल्यवृद्धिलाई पनि कन्ट्रोल गर्ने र जीडीपीलाई पनि बढाउने गरी एक्सन लिनुपर्ने आवश्यकता रहेको बताएका छन् । 

राष्ट्र बैंकले सन्तुलन कायम गर्दै कोरोना महामारी र विदेशी मुद्रा सञ्चिति कन्ट्रोल गर्ने क्रममा लिएको नीतिहरु खुकुलो बनाउनुपर्ने बताए । उनले अर्थतन्त्रको व्यवस्था र उद्योग व्यवसायको अवस्थालाई चलायमान र माथि उकास्नलाई सरकारसँग समन्वय गरेर के निकास निकाल्दा अर्थतन्त्र चलायमान हुन्छ भन्ने कुरामा आफू बढी केन्द्रित हुनेपनि बताए । 

अगवाल हालै मात्र सम्पन्न १९ औँ साधारण सभाबाट  स्वतः अध्यक्ष चयन भएका हुन् । । वर्तमान अवस्थामा मुलुकको अर्थतन्त्र समस्या र चुनौतीको मारमा छ । 

चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल गर्ने भने पनि २ प्रतिशत पुग्ने अवस्थासमेत देखिएको छैन । मागमा कमी हुँदा बजारमा अर्थतन्त्र मन्दीमा जाँदा उद्योगी व्यवसायीहरुको मनोबल कमजोर छ । 

यस्तो अवस्थामा मुलुकका उद्योगीहरूको छाता संगठन उद्योग परिसंघको नेतृत्वमा पुगेका उनलाई आर्थिक अवस्था सुदृढ बनाउँदै उद्योगी, व्यवसायीहरुको मनोबल उकास्नु चुनौतीको विषय छ । 

स्वदेशी उद्योग तथा उत्पादनलाई प्रवद्र्धन गर्ने, रोजगारी सिर्जना गर्ने कार्ययोजना, मेक इन नेपाल अभियानको कार्यान्वयन, वित्तीय तथा मौद्रिक नीतिप्रति अपेक्षा लगायत विषयमा अग्रवालसँग गरिएको कुराकानीको सम्पादित अंश–


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ