arrow

सीकेलाई प्रचण्डको यस्तो आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १८ सोमबार
ck-rauth-prachanda-dahal.jpg

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा सीके राउतलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आग्रह गरेका छन् ।

राउतलाई आइतबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बोलाएर प्रचण्डले बोलाएर यस्तो आग्रह गरेका हुन् । 

गठबन्धनमा रहे पनि केही असन्तुष्टि राख्दै सरकार बाहिरै रहेको जनमत पार्टीलाई प्रधानमन्त्रीले सरकारमा सहभागी हुन आग्रह गरेको अध्यक्ष राउतले जानकारी दिए । 

अध्यक्ष राउतले भने, “प्रधानमन्त्रीले तपाईँहरू सरकारमा आउनुस् म मिलाउँछु भन्नुभएको छ, अब गठबन्धनका सबै दलहरूबीच सहमति बनाउनुपर्छ ।”

राउतले पार्टी नेताहरूसँग छलफलपछि टुङ्गोमा पुग्ने प्रचण्डलाई बताएका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ