arrow

फ्रान्स जाँदै मोदी, भ्रमणअघि नै म्याक्रोनले गरे ठूलो प्रस्ताव

लडाकु जेटहरूको लागि इन्जिन विकास गर्न प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १७ आइतबार
modi-macron-meet-2022.jpg

काठमाडौं । फ्रान्सले भारतलाई रक्षा क्षेत्रमा ठूलो प्रस्ताव गरेको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने भ्रमण अघि फ्रान्सले लडाकु जेटहरूको लागि इन्जिन विकास गर्न प्रस्ताव गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदी यही जुलाई १३ र १४ मा फ्रान्सको भ्रमण गर्दै छन् । 

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन नेतृत्वको सरकारले विमान इन्जिन निर्माता सफ्रानलाई भारतसँग मिलेर विमानको इन्जिन परीक्षण, विकास र निर्माण गर्न अनुमति दिएको छ। 

यद्यपि भारत सरकारले यसबारे औपचारिक रूपमा कुनै जानकारी दिएको छैन ।

भारतीय प्रधानमन्त्री मोदी जुलाई १३ मा पेरिस पुग्नेछन् । त्यहाँ रहँदा उनले राष्ट्रपति म्याक्रोनसँग द्विपक्षीय वार्ता गर्नेछन्। 

उनले जुलाई १४ मा बास्टिल डे समारोहमा भाग लिनेछन्। यस पटक भारतीय वायुसेनाका राफेल लडाकु विमानहरू पनि बास्टिल डेमा सहभागी रहेका छन्।

यो सम्झौता अमेरिकासँग भएको जीई-४१४ इन्जिन सम्झौताभन्दा पनि महत्त्वपूर्ण मानिएको छ। 

फ्रान्सेली कम्पनीले भारतसँग मिलेर इन्जिन निर्माण गरेमा भारतको ट्विन इन्जिनमा गति लिनेछ ।

सफ्रानले सय प्रतिशत टेक्नोलोजी ट्रान्सफरको प्रस्ताव गरेको छ । जुन युएस इन्टरनेशनल ट्रेड इन आर्म्स रेगुलेसन (आईटीएआर) बाट मुक्त हुनेछ । भारतले ११० किलो न्युटन इन्जिन पूर्ण रूपमा बनाउन सक्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ