arrow

आत्मनिर्भर महिलाः केराबारीका महिलालाई कपडा सिलाउने तालिम

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १६ शनिबार
kerabari-mahila-training-2080-03-16.jpg

बेलबारी । केराबारी गाँउपालिकास्थित २० महिलाले निःशुल्क कपडा सिलाइ बुनाई तालिम लिएका छन् । 

व्यवसायिक सिप विकास तालिम मार्फत आत्मनिर्भर बन्न मद्दत पुगेको केराबारी १० कि लक्ष्मीदेवी सार्की बताउँछिन् । 

ट्रेस नेपालको आयोजनामा तालिम बैशाख ३ गतेदेखि असार १५ गतेसम्म संचालित रहेको थियो ।

समृद्ध र हेल्बटास संस्थाको प्रविधिक सहयोग र केराबारी गाउँपालिकाको समन्वयमा भएको ६५ दिने तालिम व्यवसायिक सिप विकासमा प्रभावकारी बनेको उक्त तालिम प्रशिक्षक अस्मिता सुवेदी बताउँछिन् । 

यस प्रकारको तालिमले महिलाहरुमा सिपसँगै आत्मनिर्भर बन्न प्रेरणा मिलेको सहभागी सुजना तामाङले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ