arrow

भारतीय प्रधानमन्त्रीको रुसी राष्ट्रपतिले फेरि गरे प्रशंसा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १५ शुक्रबार
putin-modi.jpg

काठमाडौं ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन् । रुसी एजेन्सी फर स्ट्राटेजिक इनिसिएटिभ्स (एएसआई) ले बिहीबार मस्कोमा आयोजना गरेको फोरमलाई पुटिनले सम्बोधन गर्दै मोदीको प्रशंसा गरेका हुन् । 

पुटिनले  मोदीले शुरु गरेको मेक इन इन्डियाले भारतको अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको बताए ।   पुटिनले भने, ‘हाम्रा विशेष मित्र प्रधानमन्त्री नरेन्द्र मोदीले धेरै वर्षअघि मेक इन इन्डिया सुरु गरेका थिए । भारतको अर्थतन्त्रमा यसको प्रभाव आज प्रस्ट देखिन्छ ।'

उनले रुसमा स्वदेशी उत्पादन र ब्रान्डको प्रवर्द्धन गर्न भारतको उदाहरण दिए । उनले भने, ‘  पश्चिमी देशहरूले रुससँगको व्यापारमा लगातार प्रतिबन्ध लगाएको अवस्थामा हामीले भारतले जस्तै देशका कम्पनीहरूलाई प्रवर्द्धन गरेर राम्रो बजार उपलब्ध गराउनु पर्छ ।'

पुटिनले मोदीको प्रशंसा गरेको यो पहिलो पटक भने होइन । अक्टोबर २०२२ मा पनि पुटिनले मोदीलाई सच्चा देशभक्त भनेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ