arrow

शहरको रोग गाउँमा पनि, बेथानचोकमा स्क्रिनिङ क्याम्प

logo
सरोजश्री अधिकारी,
प्रकाशित २०८० असार १४ बिहिबार
health-test-2080-03-13.jpg

ढुंखर्क । पछिल्लो समय शहरमा मात्रै नभई ग्रामीण भेगमासमेत नसर्ने रोग (एनसीडी) का बिरामीहरु बढ्न थालेका छन् । देखासिकीमा बदलिँदो जीवनशैली र खानपान अपनाएकै कारण यसरी मधुमेह, उच्च रक्तचाप लगायतका नसर्ने रोगहरु बढ्न थालेपछि बेथानचोक गाउँपालिकाले सबै वडामा नसर्ने रोगको स्क्रिनिङ्ग क्याम्प सेवा शुरु गरेको छ ।

असार महिनाभित्र समुदायमा रहेका ४० वर्ष माथिका नागरिकहरुको मधुमेह, उच्च रक्तचाप लगायत नसर्ने रोगको पहिचान गर्ने उद्देश्यले तालिका बनाएरै गाउँपालिकाले क्याम्प सञ्चालन गरिरहेको छ ।

कार्यक्रम अनुसार बेथानचोक गाउँपालिका र बनेपास्थित शीर मेमोरियल एड्भेन्टिष्ट अस्पतालबीचको सम्झौता गरी स्क्रिनिङ्ग क्याम्प सेवा शुरु भएको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । 

गाउँपालिका र अस्पताल बीच भएको सम्झौतामा शीर मेमोरियल एड्भेन्टिष्ट अस्पतालको प्राविधिक सहयोगमा बेथानचोक गाउँपालिकाका ६ वटै वडामा २०८० असार महिनाभित्र समुदायमा रहेका ४० वर्ष माथिका जेष्ठ नागरिकहरुको नसर्ने रोग ९मधुमेह, उच्च रक्तचाप लगायत० को स्क्रिनिङ्ग क्याम्प सेवा उपलब्ध गराउने उल्लेख छ । स्क्रिनिङ पश्चात् अस्पतालमा रेफर भई आउने बिरामीहरुलाई २० प्रतिशत उपचार शुल्कमा छुट गराउने पनि सम्झौतामा उल्लेख छ ।

हाल नेपालमा सर्ने भन्दा नसर्ने रोगहरुको संख्या उच्च देखिँदै आएको परिपे्रक्ष्यमा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य सेवालाई ध्यानमा राखी मधुमेह, उच्च रक्तचाप लगायतका समस्याहरुको समयमा नै पहिचान गरी उपचारको दायरामा ल्याई स्वस्थ नागरिक र स्वस्थ समाज निर्माण गर्नका लागि सेवा आरम्भ गरिएको अध्यक्ष अधिकारीको भनाई छ ।

प्रारम्भिक चरणमा ६० वर्ष उमेर समूहका नागरिकको स्क्रिनिङ गर्ने तयारी गरिएकोमा यसलाई बढाई ४० वर्ष उमेर समूहका नागरिकका लागि स्क्रिनिङ गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिए । 

उनले नागरिकहरुलाई वडा–वडामा नै गई स्क्रिनिङ्ग सेवा उपलब्ध गराउने, गाउँपालिकाभित्र माथि उल्लेखित समस्याहरु के–कति रहेका छन् सोको तथ्याङ्क संकलन गरी उपचारको दायरामा ल्याउनुका साथै जोखिममा रहेका नागरिकहरुलाई थप उपचारका लागि दुवै पक्षले आगामी आर्थिक वर्षमा आवश्यक कार्यक्रम निर्माण गरी सेवा उपलब्ध गराउने नै यस कार्यक्रमको मुख्य औचित्य रहेको बताए । 

कार्यक्रम अन्तर्गतअसार १३ गते वडा नं १ को च्याम्राङबेसी स्वास्थ्य चौकीमा, १४ गते वडा नं। ६ को पाँगु भुग्देउ स्वास्थ्यचौकीमा, १५ गते वडा नं ५ को च्यासिंखर्क स्वास्थ्य चौकीमा, १७ गते वडा नं ३ को महांकालस्थान आधारभूत स्वास्थ्य चौकीमा क्याम्प सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख सिताराम तिमल्सिनाले जानकारी दिए । 

यस्तै वडा नं २ को ढुंखर्क स्वास्थ्य चौकीमा असार १८ गते र १९ गते वडा नं। ४ को चलाल गणेशस्थान स्वास्थ्यचौकीमा स्क्रिनिङ्ग क्याम्प गरिने तिमल्सिनाले जानकारी दिए । 

कार्यक्रम अन्तर्गत पहिलो दिन  वडा नं १ को च्याम्राङबेसी स्वास्थ्य चौकीमा भएको स्क्रिनिङ्ग क्याम्पबाट  जनाले स्वास्थ्य १ सय ८ जनाले सेवा लिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ