arrow

फर्के अर्बपति ज्याक मा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १४ बिहिबार
jack-ma.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । चिनियाँ अर्बपति ज्याक मा काठमाडौंबाट पाकिस्तान प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार बिहान ११ः२५ बजेको फ्लाइटमा ज्याक मा पाकिस्तानको लाहौर प्रस्थान गरेका हुन् । 

गत मंगलबार सिंगापुरबाट बंगलादेशको भीपीसीएमए विमान चर्टर गरेर नेपाल आएका उनी बिहीबार पाकिस्तान प्रस्थान गरेका हुन् । पर्यटक भिषामा नेपाल आएका ज्याक मा विश्वचर्चित कम्पनी अलिबाबाका संस्थापक हुन् । 

नेपाल बसाइका क्रममा भक्तपुर दरबार स्क्वायर र स्वयम्भूको भ्रमण गरेका उनी नेपाल आउनुको कारण भने खुलेको छैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ