arrow

डाइनासोरसँगै घुम्ने गर्थे मानवका पूर्खा

अध्ययनको अचम्मको खुलासा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १४ बिहिबार
dinosoure.JPG

काठमाडौं ।  डाइनासोरको मृत्यु अघि पनि मानवको पूर्खा पृथ्वीमा रहेको एक अध्ययनले देखाएको छ । बेलायतको ब्रिस्टल विश्वविद्यालय र स्विट्जरल्याण्डको फ्राइबोर्ग विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको एक अध्ययनमा यस्तो देखिएको हो । 

वैज्ञानिकहरूका अनुसार ६ करोड ६० लाख वर्षअघि क्षुद्र ग्रहले डाइनासोरलाई मारेको थियो । त्यस समयका जीवाश्महरूमा त्यस्तो कुनै प्रमाण फेला परेको छैन, जसले त्यहाँ प्लेसेन्टल स्तनधारी प्राणीहरू थिए भनेर। प्लेसेन्टल स्तनधारीहरूलाई मानवको प्रारम्भिक पूर्खा मानिन्थ्यो।

तर जीवाश्महरूको अनुसन्धानको क्रममा, मोलीक्यूलर क्लकको डाटाबाट तिनीहरूको वंश डाइनासोरको समयमा अवस्थित थिए भने पत्ता लागेको छ। उनीहरू डाइनासोरसँग घुम्ने गर्थे । मोलीक्यूलर क्लक डाटाको साथ पुरातन समयका जीनको अवशेषहरू अध्ययन गरेर त्यस समयका जीवहरू पत्ता लगाइएको छ ।

नयाँ तथ्याङ्कीय विश्लेषण गर्दा मानिसका सबैभन्दा पुराना पूर्खाहरू अर्थात् प्लेसेन्टल स्तनधारीहरू डाइनासोरको समयमा उपस्थित थिए भन्ने कुरा पत्ता लागेको हो । क्रिटासियस अवधिमा तिनीहरूसँग घुमे। तर यो एकदमै छोटो समयको लागि यस्तो भएको थियो।

ब्रिस्टल युनिभर्सिटीका प्यालियोबायोलोजिस्ट एमिली कार्लिसिलले भने,' हामीले हजारौँ वर्ष पुराना जीवाश्महरू अध्ययन गरेका छौं। प्लेसेन्टल स्तनधारीहरूको प्रारम्भिक जीवहरूको बारेमा जानकारी सङ्कलन गर्‍यौ । त्यसपछि मात्र तिनीहरूको उत्पत्ति र विनाश थाहा भयो। यस मार्फत हामी प्लेसेन्टल स्तनधारीहरूको विकास बारे थाहा लगाउन सक्छौँ।'

तथ्याङ्क अध्ययन गरेपछि त्यस बेला प्लेसेन्टल स्तनधारी प्राणीका ३८० परिवार थिए । जसमध्ये २१ दशमलव ३ प्रतिशत डाइनोसरको समयमा रहेको पाइएको थियो । तिनीहरूको विकासबाट बाँदर, कुकुर, बिराला, खरायो र घोडाहरू बनेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ