arrow

एसियाकै सबैभन्दा अग्लो रुख 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १२ मंगलबार
tallest-tree-asia-cyprus.jpg

बेइजिङ । संसारमा धेरै रहस्यहरू लुकेका छन्, जसको अनुसन्धान वैज्ञानिकहरू दिनहुँ गरिरहेका छन्। यस सन्दर्भमा वैज्ञानिकहरूले एसियाको सबैभन्दा अग्लो रूख पत्ता लगाएका छन्, जुन चीनमा फेला परेको छ । 

चीनको पेकिङ युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले यो रुख साइप्रसको भएको बताएका छन्, जसको उचाइ ३ सय ३५ फिट र व्यास ९.६ फिट छ । 

यो रुख न्यूयोर्कको स्ट्याच्यु अफ लिबर्टीभन्दा ठूलो छ र विश्वको दोस्रो सबैभन्दा अग्लो रुख हो ।

यो विशाल रूख चीनको तिब्बत स्वायत्त क्षेत्रको बोम काउन्टीको न्यिन्ची शहरको यार्लुङ जाङ्बो ग्रान्ड क्यान्यन नेचर रिजर्भमा पेकिङ विश्वविद्यालयको अनुसन्धान टोलीले मे महिनामा फेला पारेको विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गत वर्ष अप्रिल महिनामा वैज्ञानिकहरूले तिब्बतको मेडोग काउन्टीमा २ सय ५२ फिट अग्लो रुख फेला पारेका थिए । त्यसपछि अक्टोबर महिनामा २ सय ७४ फिट अग्लो रुख भेटिएको थियो । तर, अब यो नयाँ रुख फेला परेपछि एसियाको सबैभन्दा अग्लो रुखको कीर्तिमान फेरि एकपटक अद्यावधिक भएको छ ।

यसबाहेक वैज्ञानिकहरूले यस क्षेत्रमा अन्य धेरै ठूला रूखहरू पनि पत्ता लगाएका छन्। जसमध्ये २ सय ७९ फिटभन्दा अग्लो ५० रुख र २ सय ९५ फिटभन्दा अग्ला २५ रुख फेला परेका छन् । सयौं फिट अग्लो यो सिप्रस रूख विशेष छ किनभने यसको जरा पृथ्वीमा पूर्ण रूपमा छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ