arrow

अमेरिका र इजिप्ट भ्रमण सकेर मध्यरातमा फर्किए मोदी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ११ सोमबार
modi-biden-cheers-2023.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका र इजिप्टको भ्रमण सकेर आइतबार राति स्वदेश फर्किएका छन् । 

मोदी राती करिब १२:३० बजे विशेष विमानबाट दिल्लीको पालम विमानस्थलमा उत्रिएका हुन् । 

उनलाई भाजपा अध्यक्ष जेपी नड्डाले स्वागत गरेका छन्। 

भारतीय प्रधानमन्त्री मोदी तीन दिने अमेरिका भ्रमण सकेर दुई दिने इजिप्ट यात्रामा पुगेका थिए । 

भाजपाले अमेरिका र इजिप्ट भ्रमणलाई ऐतिहासिक भएको बताएको छ । प्रधानमन्त्रीले अमेरिकामा धेरै व्यापारिक सम्झौता गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ