arrow

विश्वव्यापी वृद्धिका लागि भारत–अमेरिका साझेदारी : मोदी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ८ शुक्रबार
pm-modi-india.jpg

काठमाडौं । भारत र संयुक्त राज्य अमेरिका बीचको साझेदारीले दिगो र समावेशी विश्वव्यापी वृद्धिका निम्ति चालु इन्जिनको रूपमा काम गर्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । 

अमेरिकाको भ्रमणमा रहेका प्रधानमन्त्री मोदीले बुधबार नेशनल साइन्स फाउन्डेशनमा ‘भविष्यका लागि सीप’ कार्यक्रमलाई सम्बोधन गर्दै सो टिप्पणी गरेका हुन् । 

प्रधानमन्त्री मोदीले दुई देशबीचको बढ्दो गतिलाई कायम राख्न प्रतिभाको व्यवस्थापन र आदानप्रदानको आवश्यकतामा जोड दिएका छन् ।

“विकासको गतिलाई कायम राख्न भारत र अमेरिकालाई प्रतिभाको पाइपलाइन आवश्यक छ । एकातिर अमेरिकासँग उच्चस्तरीय शैक्षिक संस्था र उन्नत प्रविधि छन्, अर्कातर्फ भारतमा विश्वको सबैभन्दा ठूलो युवा कारखाना छ । त्यसैले मलाई विश्वास छ – भारत–अमेरिका साझेदारी दिगो र समावेशी विश्वव्यापी वृद्धिका निम्ति चालु इन्जिन साबित हुनेछ,” प्रधानमन्त्री मोदीले भने ।

यसअघि बुधबार वाशिङ्टन डिसी पुगेका प्रधानमन्त्री मोदीलाई एयरबेसमा औपचारिक स्वागतका साथै गार्ड अफ अनर दिइएको छ । प्रधानमन्त्री मोदी त्यसपछि अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिलाले आयोजना गरेको राजकीय रात्रिभोजमा सहभागी भए ।

प्रथम महिला जिल बाइडेनको साथमा प्रधानमन्त्री मोदीले भर्जिनियाको अलेक्जान्ड्रियामा रहेको नेशनल साइन्स फाउन्डेशनको भ्रमण गरेका हुन् । सो अवसरमा उनहरूले महत्त्वपूर्ण उद्योगमा सफल पार्नका लागि सान्दर्भिक सीप हासिल गरिरहेका दुवै देशका विद्यार्थीसँग कुराकानी गरेका थिए ।

सो अन्तरक्रियामा नयाँ शिक्षा नीति लागू गर्ने, शिक्षा र सीपलाई एकीकृत गर्ने जस्ता विद्यार्थीको उज्ज्वल भविष्य सुरक्षित गर्न भारत सरकारले गरेका पहल माथि प्रकाश पारिएको थियो ।

विद्यार्थीको उज्ज्वल भविष्यका लागि भारत सरकारले गरेको कामको चर्चा गर्दै प्रधानमन्त्री मोदीले नयाँ शिक्षा नीति ल्याइएको र शिक्षा र सीपलाई एकीकृत गर्ने योजना बनाएको बताएका छन् । स्किल इन्डिया अन्तर्गत भारतले आर्टिफिसियल इन्टेलिजेन्स, ब्लकचेन, ड्रोनको क्षेत्रमा “१५ अर्ब मानिस”लाई दक्ष बनाएको छ ।

उनले विद्यालयमा भारत सरकारले १० हजार अटल टिङ्करिङ ल्याब स्थापना गरी बालबालिकालाई आविष्कारमा सङ्लग्न हुने सुविधा उपलब्ध गराएको पनि जानकारी दिएका छन् ।

प्रधानमन्त्री मोदीले अमेरिकी विद्यार्थीलाई भारत आउन आग्रह गर्दै अमेरिकाका सयौँ शिक्षक पहिले देखिनै भारतमा रहेको र प्राविधिक साझेदारीमा भाग लिइरहेको बताएका छन् ।

भारत–अमेरिका शिक्षक आदानप्रदान कार्यक्रमको प्रस्ताव गर्दै प्रधानमन्त्री मोदीले भने, “हामी भारत–अमेरिका शिक्षक आदानप्रदान कार्यक्रम शुरु गर्ने बारे सोच्न सक्छौँ । वैज्ञानिकको सङ्लग्नता बढाउन यो अत्यन्तै सान्दर्भिक छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ