arrow

अर्बपति मस्क भए मोदीका 'फ्यान', अर्को वर्ष भारत आउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ६ बुधबार
modi-musk.JPG

काठमाडौं । विश्वका अर्बपति एलन मस्कसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट गरेका छन् । प्रधानमन्त्री मोदी तीन दिने भ्रमणका लागि मंगलबार राति अमेरिका पुगेका छन् ।

प्रधानमन्त्री मोदीसँग भेटपछि मस्कले आफूलाई मोदीको फ्यान भनेका छन् । भेटपछि मस्कले भनेका छन्,'म मोदीजीको फ्यान हुँ । उनी वास्तवमै भारतको ख्याल राख्छन् र देशको हितमा काम गर्न चाहन्छन्।'

दुवैबीचको भेटमा भारतमा टेस्लाको  कारखाना लागि कुराकानी भएको छ ।  मस्कले यस वर्षको अन्त्यसम्ममा भारतमा टेस्लाको कारखानाको लागि स्थान फाइनल गर्ने पनि बताए। उनले भने,' कुनै पनि ठूला देशको तुलनामा भारतमा व्यापारको सम्भावना धेरै छ।'

प्रधानमन्त्री मोदीले मस्कलाई भारत भ्रमणको निम्तो पनि दिएका छन् । मस्कले आफू अर्को वर्ष भारत आउने मोदीलाई बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ