arrow

टाटा मोटर्सका विद्युतीय गाडीहरू तीन दिन भित्रै फाइनान्सिङ्ग

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ५ मंगलबार
sipradi-tata-nexon-tigor-ev.jpg

काठमाडौँ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले आफ्ना ईभी अर्थात् विद्युतीय गाडी किन्न चाहनु हुने ग्राहकहरूका लागि अत्यधिक छिट्टो, सरल र सहज गाडी फाइनान्सिङ्गको सुविधा ल्याएको छ। जुन नेपालभरि फैलिएका सिप्रदी तथा सिप्रदीका आधिकारिक डिलर सिपबाट उपलब्ध हुने छ।

विगत २ वर्ष देखि नेपाली बजारले सर्वाधिक रुचाएको नेक्सन ईभि र टिगोर ईभि को ८० प्रतिशतसम्म गाडी फाइनान्सिङ्ग अब ३ दिन भित्रै हुनेछन्। उक्त फाइनान्सिङ्ग नेपालभरि फैलिएका विभिन्न क वर्गका बैङ्कद्वारा १०.०५ प्रतिशतको न्यूनतम ब्याजदरमा उपलब्ध हुनेछन्। टाटा मोटर्सका ईभि गाडीहरूको छिट्टो तथा सरल गाडी फाइनान्सिङ्गको सुविधाका लागि मुलुकभरि फैलिएका एभरेस्ट बैङ्क, नबिल बैङ्क, एनएमबि बैङ्क, ग्लोबल आईएमई बैङ्क, तथा प्रभु बैङ्कका सञ्जालबाट उपलब्ध हुने बैङ्कले जनाएको छ।

अहिलेको समयमा टाटा मोटर्सका अत्यधिक रुचाइएका ईभी अर्थात् विद्युतीय गाडीले नेपाली बजारबाट राम्रो प्रतिक्रिया प्राप्त गर्दै कम्पनीले पनि आफ्नो उत्पादनहरूका साथ ग्राहक सेवालाई पनि उत्कृष्ट बनाउँदै आइरहेको जानकारी सबैलाई छ। नेपालकै पहिलो, ठुलो र फैलिएको २० स्थानमा फास्ट चार्जिंग स्टेसन देखि उच्चस्तरीय २३ स्थानमा सिप्रदीका सर्भिस सेन्टरको विस्तार भइसकेको र आउने दिनहरूको लागि पनि अझ मद्दत पुग्ने गरी यो वर्ष चार्जिंग स्टेसन देखि सर्भिस स्टेसन लाई नेपालको विभिन्न भूभागमा फैलाउने योजना प्राप्त भएको छ। यो सँग सँगै जनशक्ति को दक्षतालाई अझै मजबुत गर्न ईभी लर्निङ्ग सेन्टर तथा ट्रेणिङ्ग सेन्टरको थप निर्माण गर्ने योजना छन्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ