श्रीगणेशको प्रिय दिनमा अमृत र काल बेला, राशिफल कस्तो होला ?
हाम्रा कुरा
प्रकाशित २०८० असार ५ मंगलबार
1k
Shares
आजको पञ्चाङ्ग
मिति २०८० असार ५ गते मंगलबार, इस्वीसंवत जून २० तारिक सन् २०२३, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४३, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आषाढशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज आषाढशुक्लपक्षको द्धित्तीया तिथि बिहानमा ११ः३१ बजेसम्म त्यसपछि तृतीया तिथि लाग्नेछ । नक्षत्रमा पुनवर्सु रातिमा ९ः४१ बजेसम्म त्यसपछि तिष्य नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा ध्रुव ५० घटि ५२ पलासम्म त्यसपछि व्यतिपात योग लाग्नेछ ।
करणमा तैतिल अहोरात्र रहनेछ । आनन्दादि योगमा स्थिर रहनेछ । सूर्य मिथुन राशिमा, चन्द्रमा मिथुन राशिमा अहोरात्र रहनेछ । आज दिनमान ३४ घटि ३६ पला अर्थात १३ घण्टा ५४ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ०५ः१० बजे जयदेव मुहूर्तमा भइसकेको छ भने सूर्यास्त साँझ ठीक ०७ः०० बजे हुनेछ । यस्तै, चन्द्रउदय बिहानमा ६ः३७ बजे हुनेछ भने चन्द्रअस्त रातिमा ९ः०६ बजे हुनेछ । आज विश्व शरणार्थी दिवस, द्धन्दमा यौन हिंसा उन्मुलनका लागि अन्तर्राष्ट्रिय दिवस परेको छ ।
आजको राशिफल
मेष : आज पनि समय शुभ रहनेछ । विशेष अवसर पाइनेछ र मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । पछिसम्म फाइदा हुने काम हातलागी हुनेछ । श्रमको उचित मूल्यांकन होला । पढाइमा प्रगति हुनेछ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । दिगो योजना प्रारम्भ गर्ने समय छ । श्रमको उचित मूल्य प्राप्त हुनेछ । सञ्चित धनको उपयोगले लाभ दिलाउनेछ । प्रतीक्षा गरिएको काम बन्नेछ भने उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ ।
वृष : आज पनि समय अत्यन्तै खराब छ । विवादास्पद काममा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । अवसरवादीहरूबाट सजग रहनुहोला । आफ्नै कमजोरीले चिन्ता बढाउन सक्छ । परिस्थिति अलि संघर्षपूर्ण रहला । जवरजस्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अफ्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ नदिन सक्नेछन् । सतर्क हुन आवश्यक छ ।
मिथुन : आज पनि समय राम्रो छ । समयले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर र सफलताले पच्छ्याउनेछन् । टाढिएका शुभचिन्तकहरू नजिकिनाले प्रशन्नता मिल्नेछ । धार्मिक र सेवामूलक काममा सहभागी भइनेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ । समय सही सदुपयोग गर्नुहोला ।
कर्कट : आज कर्कट राशिका लागि आज पनि समय खराव रहनेछ । आज व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । तनावमा काम गर्ने बानीले समस्या निम्त्याउन सक्छ । समयमा गम्भीर नबन्दा व्यर्थैमा दुःख पाइनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । कामको चाप पनि बढ्ने देखिन्छ ।
सिंह : समय शुभ छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम शुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि मिहिनेत गर्दा प्रशस्त धन आर्जन हुने समय छ ।
कन्या : आज पनि समय मध्यम खालको छ । वचन पुर्याउन नसक्दा अरूले आलोचना गर्न सक्छन् । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । अर्थ अभावले काम रोकिने सम्भावना छ । विगतको श्रमबाट भने लाभ हुनेछ । आक्षेप लगाउनेहरूले दुःख देलान् । मानसम्मानमा आघात पुग्न सक्छ । तापनि, शुभचिन्तकहरूको माध्यमबाट स्थितिमा सुधार आउनेछ ।
तुला : समय राम्रो छ । राजनीति तथा समाज सेवामा समय दिनेहरूले राज्यबाट पद प्रतिष्ठा पाउँने ग्रहयोग रहेकोछ । व्यापार व्यावसायमा लगानी गरि मनग्गे रुपैयाँ पैसा कमाउँन सकिनेछ भने नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग रहेकोछ । बुवा तथा आफन्तबाट सहयोग पाईने हुनाले महत्वपूर्ण कामहरू समयमा नै फत्ते गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिष्पर्धीहरूलाई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ ।
वृश्चिक : समय मध्यम छ । व्यापार व्यावसायमा सन्तोषजनक फाईदा हुनेछ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउन अलि बढि नै संघर्ष गर्नुपर्नेछ । माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । सन्तान तथा छोराछोरीबाट तपाईको काममा सहयोग हुनेछैन । बौद्धिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ ।
धनु : समय राम्रै रहने छैन । समाजमा सबैको काम गर्न खोज्दा आलोचना गर्ने तथा खुट्टा तान्नेहरू सक्रिय हुनेछन् । व्यापार व्यावसायबाट भनजस्तो आम्दानी नहुने हुँदा आर्थिक अवस्था कमजोर रहनेछ । कुटुम्ब तथा आफन्तसंग सानो सानो कुरामा राय बाझिनेछ । माया प्रेममा अविश्वास सिर्जना हुने तथा श्रीमान श्रीमती बिच मनमुटाव बढ्न योग रहेको छ । पढाई लेखाईमा प्रशस्त समय दिए पनि सोचेजस्तो नतिजा आउनेछैन ।
मकर : समय भरपर्दोे रहनेछैन । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने तथा घर परिवार तथा पति पत्नीबिच घरायसी कुरामा विवाद सिर्जना हुनेछ । गोप्य सूचनाहरू बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाँढ्नेहरू धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन । मनोबल कमजोर हुने हुनाले विद्या तथा प्रतिस्पर्धामा अरु भन्दा पछि परिनेछ ।
कुम्भ : समय राम्रा छन् । यात्राका क्रममा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । व्यापारमा लगानि गरि मनग्य आम्दानी गर्न सकिने तथा आर्थिक रुपमा सम्पन्न हुने समय रहेकोछ । पढाई लेखाईमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै सफलता हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । भौतिक सम्पति तथा सवारी साधन प्राप्तीको गतिलो योग रहेको छ ।
मीन : समय भरपर्दो रहने छ । लामो दूरीको शैक्षिक तथा धार्मिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । सामाजिक कामहरू गर्न सकिने हुनाले मान मर्यादामा बृद्धि हुनेछ । सामाजिक उत्तरदायित्वमा बहन गर्नुपर्ने समय रहेकोछ । व्यापार व्यावसायमा सोचेजस्तै नाफा कमाउन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा तपाई अरुभन्दा अब्बल हुनुहुनेछ । पढाई लेखाई तथा खोजीमूलक कामबाट भनेजस्तो नतिजा ल्याउन सकिने हुनाले मन प्रशन्न हुनेछ ।
साइतः सूर्य मिथुन राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । त्यसैले पश्चिम र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज मंगलबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर दिशाको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला
बिहान ०५ः०७ बजेदेखि ०६ः५१ बजेसम्म रोग बेला
बिहान ०६ः५१ बजेदेखि ०८ः३५ बजेसम्म उद्धेग बेला
बिहान ०८ः३५ बजेदेखि १०ः१९ बजेसम्म चर बेला
बिहान १०ः१९ बजेदेखि १२ः०३ बजेसम्म लाभ बेला
दिनमा १२ः०३ बजेदेखि १ः४७ बजेसम्म अमृत बेला
दिनमा १ः४७ बजेदेखि ३ः३१ बजेसम्म काल बेला
दिनमा ३ः३१ बजेदेखि ५ः१५ बजेसम्म शुभ बेला
साँझ ५ः१५ बजेदेखि ६ः५९ बजेसम्म रोग बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय :दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।