arrow

चित्रबहादुरले सोधे- यति चाँडै अर्को मोर्चा किन बनाउनुपर्‍यो ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ४ सोमबार
chitra-bahadur-kc-2079.jpg

काठमाडौं । चार दल मिलेर समाजवादी मोर्चा बनाउने भएपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले टिप्पणी गरेका छन् । उनले यति चाँडै अर्को मोर्चा किन बनाउनुपर्‍यो भनि प्रश्न गरेका छन् ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मिलेर आज साझा प्रतिबद्धता घोषणा गरिदैछ । सो विषयमा प्रतिक्रिया दिँदै उनले भने, 'यति चाँडै अर्को मोर्चा किन बनाउनुपर्‍यो ? 

उनले सत्तारुढ दलहरूसँगको आफ्नो पार्टीको गठबन्धन लोकतन्त्र र गणतन्त्र जोगाउने शर्तमा भएको भन्दै सो गठबन्धन भने कायमै रहने बताए । उनले भने, ‘उहाँहरूसँग हाम्रो गठबन्धन लोकतन्त्र जोगाउने शर्तमा हो । लोकतन्त्रको पक्षमा उनहरु छउन्जेली हाम्रो सहकार्य हुन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ