arrow

आकर्षक अनलिमिटेड भ्वाइस प्याक ल्यायो एनसेलले 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३ आइतबार
ncell-logo-2079.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले अनलिमिटेड टकटाइमका प्याकहरू ल्याएको छ । एनसेलले जुनसुकै मोबाइल नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड अल–नेटवर्क र एनसेलकै नम्बरहरुमा कल गर्न मिल्ने अनलिमिटेड टकटाइमका प्याकहरू ल्याएको हो ।

ग्राहकको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले अझै सुलभ दरमा सेवा लिन सकिने गरी तीन अनलिमिटेड भ्वाइस प्याकहरू संचालनमा ल्याएको जनाएको छ । 

प्रिपेड र पोष्टपेड दुवै सेवाका ग्राहकले प्रयोग गर्न सक्ने यी अनलिमिटेड टकटाइम रहेका प्याकहरु बिहीबार (जेठ ३२) देखि संचालनमा आएका हुन् । 

आफ्नो भ्वाइस सेवाको आवश्यकताअनुसार ग्राहकले एक दिने अल–नेट अनलिमिटेड भ्वाइस प्याक, एक दिने अन–नेट अनलिमिटेड भ्वाइस प्याक वा सात दिन समयासीमा रहेको अन–नेट अनलिमिटेड भ्वाइस प्याक लिन सक्नेछन् ।

एक दिने अल–नेट अनलिमिटेड प्याकअन्तर्गत ग्राहकले करसहित २५ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म नेपालभर कुनै पनि मोबाइल नेटवर्कका नम्बरहरूमा अनलिमिटेड भ्वाइस सेवाको फाइदा लिन सक्छन् ।

ग्राहकले सजिलै एस्ट्रिक्स १७११८ एस्ट्रिक्स १ एस्ट्रिक्स ५ ह्यास डायल गरी यो प्याक लिन सक्ने पनि एनसेलले जनाएको छ । त्यसैगरी एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ३ एस्ट्रिक्स ४ ह्यास डायल गरी एनसेलका अन्य नम्बरहरूमा २४ घन्टासम्म अनलिमिटेड कल गर्न सकिने एक दिने अन–नेट अनलिमिटेड टकटाइम करसहित मात्र रु ३० मा सूचारू गर्न सक्नेछन् ।

एनसेलका अन्य नम्बरहरूमा कुराकानी गर्नका लागि धेरै टकटाइम आवश्यक भएका ग्राहकहरुले सात दिन समयावधि रहेको अन–नेट अनलिमिटेड प्याक लिन सक्छन् । यो प्याकको करसहित १५० रूपैयाँ पर्नेछ । ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ४ एस्ट्रिक्स ३ ह्यास डायल गरी यो प्याक सूचारु गर्न सक्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ