arrow

कठै किसान, तमासे सरकार [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३ आइतबार
golveda protest.jpg

काठमाडौैँ । व्यवसायीहरुले बजार मूल्य नपाएको भन्दै कालिमाटी तरकारी बजारमा गोलभेँडा सडकमा फ्याँकेर विरोध जनाएका छन् ।

आइतबार गोलभेँडा व्यवसायीहरुले बजारमा खपत नभएको तथा बजार मूल्य नपाएको भन्दै सडकमा गोलभेँडा फ्याँकेका हुन् । उनीहरुले कालिमाटी तरकारी बजार क्षेत्रको गेट तथा बजारको क्षेत्रमा गोलभेँडा फ्याकेर विरोध गरे ।

नेपालमा उत्पादित गोलभेँडाको खपत कम भएको र मूल्य पनि नपाइएको भन्दै आइतबार किसानहरुले टमाटर फ्याँकेका छन् ।

गोलभेँडा उत्पादक कृषक बरुणबहादुर रोक्काले नेपाली किसानहरुले उत्पादन गरेको गोलभेँडाले बजार मूल्य र प्राथमिकता नपरेकाले सडकमा फ्याँक्न बाध्य भएको बताए । उनले सरकारले किसानले उत्पादन गरेको तरकारीजन्य वस्तुहरुको मूल्य तोकेर सहुलियतमा उपभोक्ताले पाउनुपर्ने बताए ।

उनले अहिले नेपाली किसानहरुले उत्पादन गरेको वस्तुले बजार मूल्य र प्राथमिकता पाउने नपाउने तर विदेशीबाट आयात भएर आएको वस्तुले बजार लिने गरेको बताए ।

उनले कालिमाटी बजारमा व्यवसायीहरुले किसानसँग ८ रुपैयाँ किलो किन्ने र बजारमा उपभोक्तालाई ४० रुपैयाँमा बेच्न नहुने बताए । उनले सरकारले किसानले पाउने मूल्य र उपभोक्ताले खरिद गर्ने मूल्य तोक्न नसक्नुले विकृति भइरहेको बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ