arrow

खोटाङका तीन पालिकामा विकास आयोजना

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १ शुक्रबार
khotang.jpeg

खोटाङ । खोटाङका तीन स्थानीय तहमा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना सञ्चालन हुने भएको छ । नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र एसियाली विकास बैंक (एडिबी) को आर्थिक लगानीमा आर्थिक वर्ष २०८०/८१ देखि दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा रावाबेँसी गाउँपालिकामा सञ्चालन हुने भएको हो । 

फलफूल बालीको बगैँचा विस्तार गरी फलफूल तथा काष्ठफलको उत्पादन वृद्धि गर्दै मूल्य शृङ्खला प्रवर्द्धनमार्फत ग्रामीण भेगमा बसोबास गर्ने कृषकका लागि रोजगारी सिर्जना गरेर कृषकहरूको आयस्तर वृद्धि गर्ने उद्देश्यले आयोजना सञ्चालन गर्न लागिएको जनाइएको छ । 

पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाअन्तर्गत कागतीबदाम (एलमोण्ड), घिउफल (एभोकाडो), सुन्तला जातका फलफूल (कागती, सुन्तला, जुनार आदि), स्याउ, किबीफल, ओखर, म्याकाडेमियानट्स, चुच्चे ओखर (पिकानट्स) र तरकारी बाली तथा पोषणयुक्त बालीलाई प्रवर्द्धन गर्ने कार्यक्रम रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ