arrow

कुमारी बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३२ बिहिबार
kumari-bank-limited-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । कुमारी बैंकको १ लाख ४६ हजार २८३ कित्ता संस्थापक सेयर लिलामी भर्ने बिहीबार अन्तिम दिन हो । बिहीबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । 

यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । 

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक कुमारी क्यापिटल, नागपोखरी काठमाडौँमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ