arrow

राष्ट्रपति अस्वस्थ, स्वास्थ्यमन्त्री पुगे गङ्गालाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३१ बुधबार
ramchandra-poudel-president-always.jpg

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएका छन् । मुटुमा समस्या आएपछि रामचन्द्र पौडेललाई  शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना गरिएको छ ।

मंगलबार बिहान बाँसबारीस्थित गङ्गालाल मा उनलाई भर्ना  गरिएको हो । हाल राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।  राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका उनी मंगलबार साँझ  पुगेका थिए ।

मन्त्री बस्नेतले अस्पताल प्रशासनसँग राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ