arrow

मन्त्री साउदको चित्र विश्लेषण, विलासिताको वस्तु नठान्नू [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३० मंगलबार
np-saud-2080-02-30.jpg

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले चित्रलाई विलासिताको वस्तुका रुपमा लिनु नहुने बताएका छन् । 

मंगलबार ललितकला प्रतिष्ठानमा चित्रकलाको अवलोकनपश्चात सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले चित्रकलालाई विलासिताको वस्तू नठान्नू भनेका हुन् । 

उनले चित्रहरु विलासिताका वस्तु नभइ सिर्जनाका कुरा र युगका प्रतिविम्व भएको उनको तर्क छ । 

मन्त्री साउदले युगलाई भावी पुस्तामा चिनाउने भनेकै चित्रकला एउटा माध्यम रहेको बताए । उनले चित्रकलालाई विदेशमा पनि निर्यात गरी नेपालको कला, संस्कृति र इतिहासलाई विश्वमाझ फैलाउन जरुरी रहेको बताए । 

उनले भने, ‘नेपाल सरकारले कलाकारहरुलाई सम्मान अन्तरहृदयबाट दिन्छ । त्यसलार्य अभिव्यक्त गर्दा कहिलेकाहीँ ढंग नपुगेको जस्तो देखिन्छ । मानिसले चित्रहरु विलासिताका वस्तुहरु हुन् भन्छ, तर चित्र विलासिताको वस्तु होइन, यी सिर्जनाका कुरा हुन् । चित्र युगका प्रतिविम्व हुन् । हाम्रो युगलाई यिनै चित्रमा हेरेर भावी पिँढीले हाम्रो मूल्यांकन गर्नेछ ।’

परराष्ट्रमन्त्री साउदले चित्र मनका भावहरुको अभिव्यक्ति भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ