arrow

एनसेल भन्छ –नेपाललाई कुनै पनि कर, जरिवाना वा ब्याज तिर्न बाँकी छैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २९ सोमबार
ncell-logo-2079.jpg
तस्बिर – फाइल ।

काठमाडौं । एनसेलले नेपाललाई कुनै पनि कर, जरिवाना वा ब्याज तिर्न बाँकी नभएको जनाएको छ । आजियाटा यूकेले सन् २०१६ मा एनसेलको ८० प्रतिशत सेयर अप्रत्यक्ष रुपमा अधिग्रहण गरेको कारोबारमा अब नेपाल सरकारले कुनै पनि कर, दस्तुर, जरिवाना वा ब्याज माग गर्न नपाउने स्पष्ट पारेको हो ।

एनसेलको शेयर किन्दा नेपालले लगाएको पूँजीगत लाभकर सम्बन्धमा मध्यस्थता गरिदिन दिएको निवेदनमा इन्टरनेसनल सेन्टर फर दि सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आईसीएसआईडी) ले दिएको निर्णय प्राप्त भएको आजियाटा ग्रुप बरहाद (आजियाटा) ले पुष्टि गरेको हो ।

‘‘मध्यस्थता प्रक्रियाको प्रारम्भिक चरणमा नेपालले न्यायाधिकरणको आदेशको पालना नगरेको कारणले गर्दा आजियाटा युके र एनसेललाई निश्चित रकम भुक्तानी गर्न पनि नेपाललाई आदेश दिइएको छ। यस्तो रकममा आजियाटालाई र एनसेलले लिएको ऋण फिर्ता गर्ने समेत गरि करिब १४ लाख अमेरिकी डलर रहेको छ। यो निर्णय अनुसार अब आजियाटा युके र एनसेलले कुनै रकम तिर्न बाँकी रहेको छैन,’ एनसेलले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ । 

यस्तो छ प्रेस विज्ञप्ति 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ