राप्तीसोनारीका प्रवक्ता खड्का रग्बी संघ बाँकेको कोषाध्यक्ष
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २५ बिहिबार
2.1k
Shares
नेपालगञ्ज । बाँके जिल्ला रग्बी संघको कोषाध्यक्षमा मीनराज खड्का (सन्तोष) नियुक्त भएका छन् ।
रग्बी संघ बाँकेको रिक्त रहँदै आएको कोषाध्यक्ष पदमा जिल्लाको रग्बी खेलको विकास तथा प्रवर्द्धन गर्ने हेतुका साथ खड्कालाई कोषाध्यक्ष पदमा नियुक्त गरिएको हो ।
खेलप्रेमीसमेत रहेका खड्का बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ४ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्तासमेत हुन् ।