सदनमा भैँसी र राँगाको विषयमा गफ गरेर हामीले गोबर बाहेक केही पाउँदैनौ : रवि लामिछाने
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २५ बिहिबार
608
Shares
काठमाडौं । सदनमा भैँसी तथा अन्य विषयले चर्चा पाइरहेको समय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यसरी नै सदनमा भैँसी र राँगाको विषयमा गफ गरे गोबर बाहेक केही नपाइने बताएका छन् । आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संसद्को गरिमा राख्नुपर्ने बताए ।
उनले भने,' हामीले संसद्को गरिमा राख्नुपर्छ । यो सदन भैँसी राँगाको विषयमा गफ गरेर यदि पाँच वर्ष बिताउने हो भने हामी गोबर बाहेक केही पनि प्राप्त गर्न सक्दैनौ हामी आत्मा आलोचना गर्न चाहन्छौँ ।'