arrow

च्यार्खु हिमपहिरो

हिमपहिरोमा बेपत्ता यार्सा सङ्कलकको ३२ दिन पछि शव फेला

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० जेठ २४ बुधबार
chargel-lekh.jpg

मुगु । हिमपहिरोमा बेपत्ता भएका तीन जना यार्सा सङ्कलकहरू ३२ दिनपछि मृत अवस्थामा फेला परेका छन् । जुम्ला जिल्ला पातारासी गाउँपालिका वडा नं २ तल्फि गाउँका तीन जना मुगु जिल्ला मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नं २ पर्ने च्यार्खु लेकमा गत वैशाख २२ गते हिमपहिरोमा परि बेपत्ता भएका थिए ।

मुगुका पाटनहरूमा यार्सागुम्बा टिप्न पुगेका उक्त गाउँका १५ जना मध्य तारासिंह सार्की (४०) पुन्न सार्की (३५) र वीर बोहरा (३५) बेपत्तामा परे पछि जिल्ला प्रशासन कार्यालय मुगु तथा पातारासी गाउँपालिकाको समन्वयमा कणाली प्रदेश सरकारले हेलिकप्टर सहित नेपाल प्रहरी,सशस्त्र प्रहरी बल सहितको टोलीले २ हप्तासम्म खोजी गर्दा पनि बेपत्ताहरू पत्ता लाग्न सकेका थिएनन् । 

लगातारको हिमपात र पाटन तथा हिमालमा बाक्लो जमेको हिउँका कारण जति प्रयास गर्दा पनि सुरक्षाकर्मीहरूले बेपत्ताहरू फेला नपर्दा आस मारी सकेका थिए तर २० गते तल्फि गाउँका स्थानीयहरू बेपत्ता आफ्ना आफन्त खोज्न घटना स्थलमा पुगेपछि स्थानीय,सुरक्षाकर्मी र पाटनमा यार्सा टिप्न पुगेकाहरूको खोजीमा बेपत्ता तीनै जनाको मृत शवहरू सोमबार फेला परेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक महेश बस्नेतले जानकारी गराए ।
 
बेपत्ताहरूको शव फेला परेपछि जिल्ला अस्पतालबाट मुगुबाट चिकित्सक सहितको टोली घटना स्थल भन्दा २ घण्टा तल पुगेर पोष्टमार्टम समेत गरि पाटन मै तीनै जनाको आफन्तहरूले दाहसंस्कार गरेको पनि प्रनाउ बस्नेतले बताए ।

अचम्मको संयोग के परेको छ भने अघिल्लो महिनाको २२ गते बेपत्ता भएकाहरू यो महिनाको २२ गते नै फेला परेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ