arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

आजबाट अभियुक्तका पक्षबाट बहस, पूर्व महान्यायाधीवक्तासँगै बारका अध्यक्षसम्मले बहस गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २४ बुधबार
nakkali-bhutani-sharanarthi-16-aaropi.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजबाट अभियुक्तका पक्षबाट बहस शुरु हुने भएको छ । हिजो सरकारी वकिलको बहस सकिएपछि आजबाट अभियुक्त पक्षका वकिलहरूले बहस शुरु गर्दैछन् ।  

सो बहसका लागि पूर्व महान्यायाधीवक्तादेखि नेपाल बार एसोसिएसनका बहालवाला अध्यक्षदेखि पूर्व अध्यक्षहरूले बहस गर्नका लागि नाम टिपाएका छन् ।  

यसअघि नै निर्धारण भएको बहसको समयअनुसार सरकारी वकिलले तीन दिनको बहस सकिएपछि अभियुक्त पक्षका वकिलहरुले आजबाट बहस शुरु गर्न लागेका हुन् । 

अभियुक्त पक्षका वकिलका लागि भने बहसका लागि ६ दिनको समय दिइनेछ । जिल्ला अदालत काठमाडौंमा जारी थुनछेक बहस सकिएपछि अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश दिनेछ । 

गत आइतबारदेखि जारी बहसका क्रममा सरकारी वकिलले अभियुक्तहरू शक्तिशाली पहुँच भएका व्यक्तिहरू भएको हुँदा उनीहरू बाहिर आए मुद्दा प्रभावित पार्न सक्ने भन्दै पुर्पक्षका लागि थुनामै राख्नुपर्ने  तर्क राख्दै आएका छन् ।

सो प्रकरणमा पूर्वउपप्रधानमन्त्री एर्वं एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, बहालवाला सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल र सानु भण्डारीलगायत ३० जनालाई अभियुक्त बनाई अभियोगपत्र दायर गरिएको छ ।

 जसमध्ये १८ जना पक्राउ परेर हिरासतमा छन भने १२ जना अझै फरार रहेका छन् । फरारको खोजी भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ