arrow

चिनियाँ सामानको आयात घटाउँदै अमेरिका

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २४ बुधबार
china-usa_1617870008.jpg

अमेरिका ।  अमेरिकाले चिनियाँ सामानको आयात ह्वात्तै घटाएको छ । पश्चिमा कम्पनीले आफ्नो आपूर्ति शृङ्खलालाई चीन बाहिर पुर्‍याएसँगै अमेरिकाले पनि चिनियाँ सामग्रीको आयात कटौती गरेको हो । 

हालै सार्वजनिक भएको तथ्याङ्कअनुसार दश वर्षको अन्तरालमा पहिलोपटक चिनियाँ सामानको आयातमा ५० प्रतिशतले कमी आएको छ । परामर्श कम्पनी केर्निकोका अनुसार चीनमाथिको निर्भरता कम गर्न अमेरिकाले सरकारीस्तरमा नै चिनियाँ उत्पादनको आयात कटौती गरेको छ । 

अमेरिकी उपभोक्ताले पनि चीन बाहेकका मुलुकका सामानलाई रुचाएका पाइएको छ । ती उत्पादन किफायती भएकाले उपभोक्ताको रोजाइमा परेका हुन् । 

दक्षिण कोरिया र जापानका उत्पादनतर्फ अमेरिकी उपभोक्ता आकर्षित हुँदै गएका छन् । यद्यपि ती मुलुकबाट अमेरिका आयातको हिस्सा ५० प्रतिशतभन्दा कम हुने ठानिएको छ । भारत, भियतनाम, ताइवान र मलेसियाका उत्पादनले पनि उनीहरूको मन जितेको छ ।  

चीन र अमेरिका एकअर्काका सबैभन्दा ठूला व्यापारिक साझेदार हुन् । अमेरिकी व्यापार तथ्याङ्क प्रयोग गर्ने किर्नीको रिशोरिङ इन्डेक्सका आधारमा गत वर्ष एसियाली देशहरूबाट अमेरिकाले आयात गरेको वस्तुको ५०.७ प्रतिशत चिनियाँ सामानको थियो । यो सङ्ख्या  दश वर्षअघि लगभग ७० प्रतिशत थियो । 

किर्नीको तथ्याङ्कअनुसार विगत पाँच वर्षमा भियतनामबाट अमेरिकाले दोब्बर र अघिल्लो दशकमा तीन गुणाले आयात गरेको थियो । यसले संयुक्त राज्य अमेरिकामा खपत हुने एसियाली उत्पादनहरूको ठूलो हिस्सामा योगदान पुर्‍याएको स्पष्ट हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ