arrow

इमानदार भएर काम गर्न कति कठिन हुँदो रहेछ – अर्थमन्त्री महत

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २३ मंगलबार
prakashsharan-mahat-2080-02-23.jpg

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले इमानदार भएर काम गर्न कठिन हुँदो रहेछ भन्ने थाहा पाएको बताएका छन् । 

उनले प्रतिनिधि सभाको बैठकमा करका दरमा हेरफेर भएको र अनावश्यक व्यक्ति बजेट लेख्दा प्रवेश गरेको भन्ने सांसदहरुको आरोपमा जवाफ दिने क्रममा भने, ‘इमानदार भएर काम गर्न कति कठिन हुँदो रहेछ । एउटा पत्रिकाले एउटा न्यूज पटक पटक दोहोर्याउँछ र त्यसैलाई हामी सत्य ठान्दछौँ ।’

उनले स्पष्ट पार्दै भने, ‘तर सत्य के हो भने यति पारदर्शी भएर कुनै प्रभावबाट मुक्त भएर मैले काम गरेको छु । म अर्थमन्त्री हुने दिनदेखि नै मनमा बाचा प्रतिबद्धता गरेर कुनै प्रभाव बिना काम गर्छु भनेर अफिसमा पसेको हुँ ।’

उनले बजेट तर्जुमा दिग्दर्शनमा राजस्वका दरहरु परिवर्तन, खारेजी लगायतका लागि बस्नुपर्ने पदाधिकारीहरु बसेरमात्र निर्णय गरिएको बताए । 

उनले पहिले नै राजश्व परामर्श समिति भनेर बसेको हुन्छ र उसले देशैभरिको सुझाव दिने र त्यसको आधारमा समेत रहेर आफ्नो आन्तरिक आधारमा निर्णय गरिएको बताए । 

उनले फेरि दोहोर्याए, ‘इमानदारीतामा एक रौं पनि तलमाथि गरेको छैन ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ