arrow

वातावरण दिवस [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २२ सोमबार
world environment day.jpg

काठमाडौं। आज काठमाडौं उपत्यकासहित देशभर विश्व वातावरण दिवस मनाइँदै छ । सो अवसरमा आज ललितपुरमा र्‍याली गरिएको छ ।

वातावरण दिवसको अवसरमा ललितपुरमा विभिन्न विद्यालयका विद्यार्थीहरुसहित आम नागरिकले वातावरण जोगाउन आवश्यक रहेको भन्दै र्‍याली गरेका छन् ।

नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ ।

नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ