arrow

अदालतले ‘अपवाद’ मा राखेपछि सन्दीप आज दक्षिण अफ्रिका जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २२ सोमबार
sandeep-lamichhane-2080.jpg

काठमाडौं । बलात्कार आरोपमा मुद्दा खेपिरहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछाने आज दक्षिण अफ्रिका जाँदैछन् ।
 
अदालतमा मुद्धा खेपिरहेका लामिछाने जान पाउने कि नपाउने भन्ने अन्यौलता कायम रहिरहेको बेला अन्ततः मुख्य प्रशिक्षक मोन्टी देसाईसँगै उनी आज दक्षिण अफ्रिका जान लागेका हुन् ।

काठमाडौं जिल्ला अदालतमा नाबालिग बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर लामिछानेलाई ‘अपवाद’ का रुपमा लामो समय तारिख स्थगित गर्दै उनको दक्षिण अफ्रिका र जिम्बाब्वे यात्रा पक्का भएको हो । अब उनको तारिख २९ असारमा राखिएको छ ।

लामिछानेका कानून व्यवसायीले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै लामो समयका लागि तारिख तोकिनु पर्ने भन्दै निवेदन दिएपछि अदालतले असार २९ को तारिख दिएको हो । जसकाकारण लामिछाने अब प्रतियोगिताभर तारिख बुझ्नका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित हुनु पर्ने छैन ।

विश्वकप छनोट खेलेर स्वदेश फर्किएपछि उनले अदालतमा नेपाल फर्किएको जानकारी गराउनेछन् भने २९ असारमा तारिख बुझेपछि त्यसको अर्को साता पेसी तोकेर सुनुवाई शुरु गरिने गरी अदालतले ब्यवस्था मिलाएको छ ।

लामिछाने आज प्रशिक्षक देसाईसँगै  राति २ बजे अफ्रिका जाने बुझिएको छ । अफ्रिकामा दुई अभ्यास खेल खेलेपछि नेपाली टिम त्यहाँबाट सिधै जिम्बाब्वेमा हुने विश्वकप छनोट खेल्न जानेछ । 

बाँकी टिम भने गत मंगलबार नै दक्षिण अफ्रिका गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ