arrow

असंवैधानिक रुपमा नागरिकता विधेयक प्रमाणिकरण : विराजभक्त श्रेष्ठ (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २२ सोमबार
biraj-bhakta-shrestha-kathmandu-8-rsp-mp-2079-2022.jpg

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले ताजा जनादेश पाएको संसदमा छलफल भएर मात्रै नागरिकता विधेयक प्रमाणिकरण हुनुपर्नेमा त्यसो नभएका कारण आफूहरुको बिरोध रहेको बताएका छन् ।  उनले असंवैधानिक रुपमा नागरिकता विधेयक प्रमाणिकरण गरिएको बताए । 

उनले भने – ‘विधिको शासनमा जुन सदनमा उत्पत्ति भएको विधेयक थियो त्यो पो अहिलेको ताजा जनादेश पाएकोले प्रमाणिकरण गर्ने हो त । यो त पहिलाको हो । यो कहाँ आकर्षित हुन्छ भन्दा संविधानको धारा ११३ आकर्षित हुन्छ । तर यो पालि राष्ट्रपति कार्यालयको पत्र पढ्नुभयो भने ६१ को २,३, ४ र ६६ बाट टेकेर गरेको छ । यो असंवैधानिक कदम हो ।

यो विधेयकलाई खारेज गरेर पुनः संसदमा दर्ता गर्नुपर्ने उनले बताए । उनले भने,'  यसलाई ट्रयाक करेक्ट गर्ने हो भने यो खारेज भएर संसदमा भोलि नै दर्ता गरिदिनुस् । बरु फास्ट ट्रयाकमा लगौँ । विगतमा दुई पटक संसदले पठाएको प्रमाणिकरण नगर्नु असंवैधानिक थियो । र अहिले प्रमाणिकरण गर्नुपनि असंवैधानिक । भारत पक्षबाट आएको र नेपाल पक्ष बाट आएको जानकारीको तादाम्यता मिलेन । गहिरो चिन्ता छ । प्रधानमन्त्रीले स्पष्टिकरण दिनुपर्‍यो ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ