arrow

नेपालले जित्यो मलेसियाविरुद्धको टी–२० श्रृंखला 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २१ आइतबार
nepal-win-women-cricket.jpeg

काठमाडौं । नेपालले मलेसियाविरुद्धको टी–२० महिला क्रिकेट श्रृंखला जितेको छ । आज भएको अन्तिम खेलमा ३ विकेटको जित हासिल गर्दै नेपालले घरेलु टोली मलेसियाविरुद्धको श्रृंखला जितेको हो । 

यसअघि पहिलो र चौथो खेल गुमाएको नेपालले दोस्रो र तेस्रो खेल जितेको थियो । पाँचौँ खेल जितेपछि नेपालले श्रृंखला ३–२ ले जितेको हो । 

मलेसियाले दिएको १ सय १० रनको विजयी लक्ष्य नेपालले १९.२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । 

नेपालका लागि सीता रानामगरले ३७ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ३४ रन बनाइन् । 

कप्तान रुबिना क्षेत्रीले ३० बलमा ३ चौकाको सहयोगमा २३ रन बनाइन् । 

अप्सरी बेगम १५ तथा  ज्योती पान्डे ११ रनमा अविजित रहिन् । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन बनायो । वान जुलियाले ६० बलमा सर्वाधिक ४७ रन बनाइन् । 

नेपालका लागि कविता जोशीले २ तथा ईश्वरी बिष्टले १ विकेट लिइन् ।

रुबिना प्लेयर अफ द सिरिज

रुबिना प्लेयर अफ द सिरिज भएकी छिन् । 

रुबिनाले पाँच खेलको सिरिजमा ८१ रन बनाउँनुका साथै ५ विकेटसमेत दिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ