arrow

पृथ्वी, मानव र प्राणी बचाउन हिमाली क्षेत्रको संरक्षण जरुरी – राष्ट्रपति पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २० शनिबार
ramchandra-poudel-hilary-family.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी, मानव र प्राणी जगतको भविष्य सुरक्षित गर्नको लागि हिमाल र हिमाली क्षेत्रको संरक्षणको आवश्यकता औँल्याएका छन् । 

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ७० औँ वर्ष पुगेको सन्दर्भमा पहिलो सगरमाथा आरोहीद्वय सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाका परिवारजनसहित हिमालयन ट्रस्ट युकेका पदाधिकारीसँग आज शीतल निवासमा भएको भेटमा उनले सो धारणा राखेका हुन् । 

सो अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनले विश्वव्यापी रुपमा पारेको असर न्यूनीकरण गरी पृथ्वी र सम्पूर्ण मानवजातिको हितको लागि हिमाल, हिमाली क्षेत्र र जैविक विविधताको संरक्षण आवश्यक रहेको छ भने । 

 “ विश्वको वातावरणको संरक्षण हिमालबाट सुरु गर्नुपर्छ, किनकी पानीको मूल स्रोत हिमाल हो”, उनले भने । नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रममा पनि हिमाली क्षेत्र र वातावरण संरक्षणमा जोड दिएको उनले उल्लेख गरे । सगरमाथा र यस क्षेत्रको जैविक विविधताको संरक्षणको लागि विश्व समुदायलेनै काँधमा काँध मिलाएर हातेमालो गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ