arrow

कमजोर मलेसियासँग नेपालको दोस्रो हार, श्रृंखला जोगाउन हम्मे

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २० शनिबार
nepal-cricket-women-2023-06-03.jpeg

काठमाडौं । घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटको जित दर्ता गरेको हो ।

नेपालले दिएको ९७ रनको विजयी लक्ष्य मलेसियाले अन्तिम बलमा ६ विकेट गुमाएर पूरा गर्यो । मलेसियाका लागि विनिफ्रेड दुराईसिंघमले ५२ बलमा ३८ रन बनाइन् । 

नेपालका लागि कप्तान रुविना क्षेत्री, कविता कुँवर, कविता जोशी र सीता रानामगरले समान १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पाहुना टोली नेपालले ७ विकेट गुमाएर ९६ रन बनाएको थियो । 

पाहुना टोली नेपालका लागि इन्दू बर्माले ३१ बलमा ३ चौकाको सहयोगमा ३२ रन बनाइन् । इन्दु बर्मा र बिन्दु रावलले छैटौं विकेटका लागि ३५ रनको साझेदारी गरेसँगै नेपाल सम्मानजनक योगफलतर्फ गएको थियो । 

बिन्दु रावलले २६ बलमा २४ रन बनाइन् । कविता कुँवर १२ रनमा अविजित रहिन् । घरेलु टोलीका लागि विनिफ्रेड दुराईसिंघमले ३ विकेट लिइन् । 

जितसँगै मलेसियाले पाँच खेलको श्रृंखलामा २–२ को बराबरी गरेको छ । 

यसअघि नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो ।

तेस्रो खेलमा नेपाल २७ रनले विजयी भएको थियो । 

अन्तिम खेल भोलि हुँदैछ । यो श्रृंखलाअघि नेपालले मलेसियामाथि सबै खेलमा जित हासिल गरेकामा यो श्रृंखलामा कमजोर सावित भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ