arrow

दोलखा भीरमा रक क्लाइम्बिङ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २० शनिबार
dolakha-rock-climbing (1).jpg

दोलखा । दोलखाको सोक्ला गाउँमा ‘रक क्लाईम्बिङ महोत्सव २०८०’ आयोजना भएको छ । दोलखा जिल्लाको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले यही जेठ १८ देखि १९ गतेसम्म दुई दिने ‘रक क्लाईम्बिङ महोत्सव २०८०’ आयोजना गरिएको हो । 

दोलखा बजार चरिकोटदेखि करिब ९ किलोमिटर दूरीमा रहेको सोक्ला गाउँ नजिकको भीरमा रक क्लाइम्बिङको दक्ष क्लाइम्बरद्वारा २५ मिटर जति उचाइलाइ अहिले प्रयोजनमा ल्याइएको हो । 

६ महिनादेखि अध्यन गरेर सोक्ला पर्यटन विकास समाज र माउन्टेड गाइड एसोसिएसन अफ नेपाल (मोगान) ले अहिले ३ वटा रुट क्लियर गराएर प्रयोगमा ल्याइएको हो ।

नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र मोगान को प्राविधिक सहयोगमा महोत्सवको आयोजना गरिएको हो । सोक्ला  पर्यटन विकास समितिअनुसार अब यो भीरलाई महोत्सवपछि पनि निरन्तरता दिएर नेपाल प्रहरी, नेपाली सेनाको लागि परीक्षण स्थल गराउने लगायत अरु योजनाहरु पनि रहेको छ ।

‘महोत्सव दिनको लागि मात्र हैन यो अब हामी यहाँको स्थानीयलाई तालिम दिएर दक्ष गराएर आन्तरिक तथा बाह्य पर्यटकलाई ल्याएर यहाँ क्लाइम्ब गराउने छौँ, ‘सोक्ला पर्यटन विकास समाजका अध्क्षय अर्जुन पाख्रिन भन्छन्, ‘यो महोत्सवले दोलखामा पनि रक क्लाइम्बिङ स्पट छ भनेर सूचना दिन र राजधानी नजिकको रक क्लाइम्बिङको मुख्य  गन्तव्य बनाउन दिन पनि आयोजना गरिएको हो ।’

dolakha-rock-climbing (2).jpg
dolakha-rock-climbing (3).jpg
dolakha-rock-climbing (4).jpg
dolakha-rock-climbing (5).jpg
dolakha-rock-climbing (6).jpg
dolakha-rock-climbing (7).jpg
dolakha-rock-climbing (8).jpg
dolakha-rock-climbing (9).jpg
dolakha-rock-climbing (10).jpg
dolakha-rock-climbing (11).jpg
dolakha-rock-climbing (12).jpg
dolakha-rock-climbing (13).jpg
dolakha-rock-climbing (14).jpg
dolakha-rock-climbing (15).jpg
dolakha-rock-climbing (16).jpg
dolakha-rock-climbing (17).jpg
dolakha-rock-climbing (18).jpg
dolakha-rock-climbing (19).jpg
dolakha-rock-climbing (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ