- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। उपत्यकाका सडकहरूमा एकदम नयाँ तथा आकर्षक प्रिमियम विद्युतीय ट्याक्सी ‘एक्सप्रेस-टी’ गुड्न थालेको पनि एक महिना पूरा भइसकेको छ। उक्त विद्युतीय गाडी काठमाडौँको सडकमा फरक देखिने र वातावरणलाई पनि एकदम सुहाउने सार्वजनिक यातायात बनेको छ। यात्रुहरूको रोजाई मा परेको यो सार्वजनिक यातायात अब झन् अत्याधुनिक प्रविधि जडित भएर सुरक्षित बनेको जानकारी प्राप्त भएको छ।
टाटा मोटर्स को यस प्रिमियम विद्युतीय ट्याक्सी मा सिप्रदीले लोकोन्यावको जिपिस प्रविधि जडान गरेर फ्लीट म्यानेजमेन्टको समेत सुविधा उपलब्ध गराएको छ। एक्सप्रेस-टी का प्रिमियम विद्युतीय ट्याक्सी धनीहरूले अब आफ्नो मोबाइल फोन मार्फत नै आफ्नो गाडी कहाँ कहाँ गुड्यो र कुन रुटमा गुड्यो भनेर हेर्न सक्नु हुन्छ।
विद्युतीय ट्याक्सी को फ्लीट अपरेटरले आफ्नो गाडी कता छ, कति गुडेको छ र चालकले कुन गतिमा कसरी गाडी गुडाएको छ भनेर लोकोन्याव सिप्रदीको एप बाट सजिलै हेर्न पाउनु हुनेछ।
जिपिस जडित गाडी ग्राहकहरूको सुरक्षाका लागि पनि उपयुक्त भएकोले ग्राहकहरूले पनि एक्सप्रेस-टी विद्युतीय ट्याक्सीलाई निकै रुचाउनु भएको छ। आगामी समयमा यस जिपिस प्रविधिले सबै विद्युतीय सवारी साधनहरूलाई एउटै सिस्टममा ल्याउन र ट्र्याक गर्न मद्दत पुर्याउने छ।
टाटा मोटर्स को ‘एक्सप्रेस-टी’ विद्युतीय ट्याक्सी विभिन्न कारणले ग्राहक, यात्रु तथा सञ्चालक हरूले मन पराएका छन्। नयाँ प्रविधि का साथमा आकर्षक तथा सुरक्षित बनावट, पर्याप्त ठाउँ भएको ठुलो गाडी, सामान राख्न पर्याप्त बुट स्पेस ले गर्दा पनि यो विद्युतीय गाडी रोजाई मा परेको हो।