arrow

नागरिकता विधेयक प्रमाणीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १७ बुधबार
ramchandra-poudel-president-always.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । अघिल्लो संघीय संसद्‍बाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण नगरी रोकेकी थिइन् । संसद्का दुवै सदनले पारित गरेको नागरिकता विधेयक ०७९ साउन १६ मा भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । 

तर विधेयकमा चित्त नबुझेको भन्दै उनले ८ बुँदाको सरोकार उल्लेख गरेर संसद्लाई फिर्ता पठाएकी थिइन् । दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर भदौ २० मा राष्ट्रपति कहाँ पठाएको थियो । 

तर १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि उनले प्रमाणीकरण नगरी रोकेकी थिइन् । 

अहिले आएर भने त्यही विधेयक सत्ता गठबन्धनको सुझावमा राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

विधेयक प्रमाणीकरण गर्नुअघि पौडेलले कानूनविद्हरुसँग विभिन्न चरणमा सुझाव र सल्लाह लिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ