arrow

युवाको क्षमता विकास गरी रोजगार दिइने, खेलकुदमा छैन उत्साही योजना

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
prakashsharan-mahat-budget-20802.jpg

काठमाडौं । सरकारले युवाको क्षमता विकास गरी रोजगारी दिइने बताएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट भाषण गर्ने क्रममा खेलकुदको माध्यमबाटसमेत युवालाई आकर्षित गरिने बताए । उनले युवालाई सहुलियतपूर्ण कर्जा मिलाइएको छ । 

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा फ्लड लाइट राखिने, मूलपानी क्रिकेट मैदानलाई पूर्णता दिइने छ । अन्य रंगशालाका लागि बजेट विनियोजन गरिएको उनले जनाए । 

साहसिक खेलकुदलाई प्रवर्दन गरिने भएको छ । निजी क्षेत्रलाई प्रोत्साहित गरिने भएको छ । अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई प्रोत्साहन गरिने भएको छ । 

विभिन्न खेल संस्थाको विकासका लागि प्रोत्साहित गरिने भएको छ । 

स्थानीय तहमा पनि खेलकुदको विकास गरिने भएको छ । खेलकुदमा भने खासै ठूलो योजना यसपटक पनि सरकारले ल्याएको छैन ।  

उनले राष्ट्रिय खेलकुद, दक्षिण एसियाली खेलकुद र एसियाली खेलकुदको तयारीका लागि रकम विनियोजन गरेको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ