arrow

बजेट भाषण जारी [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०–८१ का लागि नयाँ बजेट प्रस्तुत गरिरहेका छन् । अपरान्ह ४ः१५ पछि शुरु भएको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले बजेट सार्वजनिक गरिरहेका हुन् । 

यसअघि आजै मन्त्रिपरिषद्ले बजेट पारित गरेको थियो । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेटको अंक पारित गरेको हो । 

जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था अनुरुप अहिले अर्थमन्त्री महतले बजेट प्रस्तुत गरिरहेका हुन् । 

स्रोतहरुका अनुसार बजेटमा अर्थमन्त्री महतले साधारण खर्च कटौतीमा जोड दिनेछन् । पूँजीगत खर्च बढाउने, अनावश्यक खर्च कटौती, सार्वजनिक संस्थाहरुको सुधार, मर्जर तथा खारेजीका योजनाहरु समावेश गर्न लागिएको छ । यस्तै, शिथिल अर्थतन्त्रलाई गति दिन केही योजनाहरु पनि अघि सारिएका छन् । 

करिब १७ खर्बको हाराहारीमा रहेर बजेट तय गरिएको जानकारी दिइएको छ । केही पपुलर नारासहितका कार्यक्रमले यसपटक पनि निरन्तरता पाएका छन् । मन्दीमा जान लागेको अर्थतन्त्र सुधारका लागि केही लचिला नीतिहरु पनि सार्वजनिक गरिने छ ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ