arrow

बजेटबारे कांग्रेसको धारणाः कार्यान्वयन पक्षलाई जोड दिएर ल्याउनुपर्छ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १४ आइतबार
congress-nc-party-office-hq.jpg

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले ल्याउने बजेट कार्यान्वयन पक्षलाई जोड दिएर ल्याउनुपर्ने बताएका छन् । 

आइतबार प्रतिनिधि सभा बाहिर सञ्चारकर्मीहरुसँग आगामी आर्थिक वर्षको बजेटका बारेमा प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । 

उनले सरकारले  ल्याउने बजेट राम्रो हुने भएपनि कार्यान्वयन पक्ष कमजोर रहेको भन्दै वर्तमान सरकारले कार्यान्वयन पक्षलाई जोड दिएर बजेट आउनुपर्ने बताए । उनले सरकारले ल्याएको बजेट कार्यान्वयन नभए बजेट ल्याएको अर्थ नहुने बताए । 

उनले सरकारले ल्याउने बजेटको मुख्य चुनौति भनेको कार्यान्वयनको रहेको बताए । उनले सरकारले बजेटमा कृषि, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारमा विशेष जोड दिनुपर्ने बताए ।

उनले वर्तमान सरकारको बजेट पनि कृषि, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारमा विशेष जोड दिएर आउने अपेक्षा रहेको बताए । 

उनले सरकारको पुँजीगत खर्च एकदमै कम रहेको भन्दै सरकारले कहिल्यै पनि शतप्रतिशत पूँजीगत खर्च गर्न नसकेको बताए । 

उनले सरकारले बजेटमार्फत ल्याएका योजनाहरु ३ वर्षमा पूरा गर्ने भने पनि ७ वर्षसम्म पनि पूरा हुन नसकेको बताए । उनले भौतिक पूर्वाधार निर्माण समयमा सम्पन्न गर्ने र गुणस्तरमा जोड दिन आवश्यक रहेको बताए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ