arrow

मोदीले गरे नयाँ संसद भवनको उद्घाटन 

नेपालको कहिले ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १४ आइतबार
New-Parliament Building inauguration.JPG

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद भवनको उद्घाटन गरेका छन् । आज बिहान प्रधानमन्त्री मोदीले पूर्ण विधिसहित पूजाआजा गरेर संसद भवको उद्घाटन गरेका हुन् । त्यसअघि मोदी पहिले राष्ट्रपिता महात्मा गान्धीको दर्शन गरेका थिए । ९७३ करोड भारतीय रुपैयाँ लागतमा यो संसद भवन तयार भएको हो ।
 
संसद भवन उद्घाटन अघि मोदीले ट्वीट गरेका छन् - 'आज हामी सबै देशवासीहरूको लागि अविस्मरणीय दिन हो। संसद्को नयाँ भवनले हामी सबैलाई गर्व र आशाले भर्ने छ ।'

उद्घाटन समारोहमा भाजपा सहित २५ दलको सहभागिता छ । तर कंग्रेससहित २० विपक्षी दलले उद्घाटन समारोह बहिष्कार गरेका छन् । राष्ट्रपति द्रौपदी मुर्मुलाई बाइपास गरेर प्रधानमन्त्रीले उद्घाटन गरेको भन्दै विपक्षीले समारोह बहिष्कार गरेका हुन् ।  यद्धपी अहिले चलिरहेको संसद भवनको इन्दिरा गान्धीले उद्घाटन गरेकी थिइन् ।  

प्रधानमन्त्री नरेन्द्र मोदीले आजै ७५ रुपैयाँको सिक्का पनि जारी गर्ने छन् । नयाँ संसद भवनको उद्घाटनको सम्झनामा उनले ३३ ग्राम तोल भएको सिक्काको जारी गर्नेछन् । 

यी सिक्काहरूमा अशोक स्तम्भ अङ्कित हुनेछ र हिन्दीमा संसद संकुल, अङ्ग्रेजीमा संसद परिसर लेखिनेछ ।

नयाँ त्रिकोणीय आकारको संसद भवनको निर्माण १५ जनवरी २०२१ सुरु भएको थियो । मोदीले १० डिसेम्बर २०२० मा नयाँ संसद भवनको शिलान्यास गरेका थिए।

नेपालको कहिले ?

२९ महिनामा भारतले संसद भवन बनाएर उद्घाटन गरिसकेको भए पनि नेपालको संसद भवन भने निर्माण प्रक्रियामै छ ।

भारत भन्दा अघि नेपालले संसद भवन बनाउन शुरु गरेको थियो ।  

कूल पाँच अर्ब दुई करोड रुपैयाँमा २०७६ असोज १६ गते सङ्घीय संसद् भवन निर्माण कार्यको सम्झौता भएको थियो ।

तीन वर्षको लागि सम्झौता भएर २०७९ असोजमा सक्नुपर्ने भए पनि कोभिडका कारण ६ महिना समय थप भएको थियो । 

निर्माण कार्य २०७९ चैत ३० गतेसम्म सम्पन्न गरिसक्नुपर्ने थियो । तर अहिलेसम्म सम्पन्न भएको छैन । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ