arrow

बायर्नले जित्यो बुन्डेसलिगा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १४ आइतबार
bayern-munich-german-bundesliga-2023.jpg

काठमाडौं । जर्मन बुन्डेसलिगा लिग फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । अन्तिम लिग खेलमा कोल्नलाई २–१ गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि जितेको हो । 

निकै नै प्रतिस्पर्धात्मक रहेको यसपालिको लिग उपाधि होडमा बोरुसिया डर्टमन्डलाई गोल अन्तरले पछाडि पार्दै बायर्नले उपाधि जितेको हो । 

दुवै टिमको समान ७१ अंक भए पनि गोलअन्तरमा डर्टमन्ड पछि पर्यो । अन्तिम खेलमा डर्टमन्डले मेन्जसँग २–२ गोलको बराबरीमा रोकिँदा उपाधि जित्ने अवसरबाट चुक्न पुगेको थियो । 

योसँगै बायर्नले लगातार ११ औं पटक बुन्डेसलिगाको उपाधि जितेको छ । बायर्न सन् २०११–१२ को सिजनपछि लगातार च्याम्पियन हुँदै आएको छ । बायर्नको यो समग्रमा ३२ औं बुन्डेसलिगा उपाधि हो ।

बायर्न र बोरुसियासँगै तेस्रो स्थानमा रहेको आरबी लेप्जिग र चौथो स्थानको युनियन बर्लिन च्याम्पियन्स लिगमा छानिएका छन् ।

पाँचौं स्थानको फ्रेबर्गले युरोपा लिग र छैटौं स्थानको बायर लिभरकुजेनले युरोपा कन्फरेन्स लिग छनोट खेल्न पाउने छ ।

१८ टिम रहेको बुन्डेसलिगाबाट पुछारमा रहेका दुई टिम साल्के ०४ र हेराथ बर्लिन रेलिगेशनमा परेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ